हाजिरीजवाफमा उच्च अदालत प्रथम

समाधान संवाददाता २०८० भदौ २१ गते १२:५२

पोखरा ।

निजामति सेवा दिवस २०८० को सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन कास्कीले खुला हाजिरी्जवाफ प्रतियोगिता गरेको छ । प्रतियोगितामा उच्च अदालत पोखरा प्रथम, राजस्व न्यायाधिकरण पोखरा द्वितीय, रुपा गाउँपालिका तृतीय र हुलाक निर्देशनालय पोखराको टिमले सान्त्वना पुरस्कार पाएको संगठन कास्कीका अध्यक्ष विष्णुदेवी पोखरेलले जानकारी दिइन् ।


प्रतियोगितामा कास्की जिल्लामा रहेका संघ, गण्डकी प्रदेश र स्थानीय तहका गरी ११ टिमले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मी बस्नेत, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष प्रभास साह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवर, नेकपा (एमाले) जिल्ला कमिटी कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, पेशागत महासंघ नेपालका केन्द्रीय सचिव रामप्रसाद खनाल, पार्टीको जिल्ला कमिटी कास्की सचिवालय सदस्य ऋषिराम लामिछाने, पेशागत महासंघ नेपाल गण्डकी महासचिव बैकुण्ठनाथ आचार्य, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्यहरु भरतप्रसाद भुषाल र राममणि ढुंगना, संगठन गण्डकी अध्यक्ष अशोक खनाल लगायतले बोलेका थिए ।

Advertisement


‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने नाराका साथ कार्यक्रम भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया