पाेखरामा लागुऔषधसहित ३ पक्राउ

समाधान संवाददाता २०८० भदौ २२ गते १०:४९

पोखरा।
पोखराबाट अवैध लागु औषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत मोदी गाउपालिका– ८ चित्रेका २४ वर्षीय सविन विक, मोदी ६ राम्जा बस्ने २४ वर्षीय सोवित जिसी र मोदी ८ चित्रे घर भई हाल जिल्ला कास्की पोखरा ६ शान्तिपाटन बस्ने २९ वर्षीय दिवश गुरुङ छन् ।


उनीहरुलाई सोमबार दिउँसो साढे ४ बजे पोखरा महानगरपालिका ६ जरेबरमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्की समेतको समन्वयमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।


प्रहरीले उनीहरुको साथबाट र डेराकोठाबाट लागुऔषध बुप्रिनर्फिन ८० एम्पुल, फेनेरागन ७९ एम्पुल, डाइजेपाम ८१ एम्पुल गरी जम्मा २४० एम्पुल लागुऔषधसहित फेला पारेको जनाएको छ । उनीहरुमाथि लागुऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया