
जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ अन्तर्गतका ६ गाउँलाई अन्य वडा जस्तै निषेधित तथा नियन्त्रित क्षेत्र फुकुवा गर्न माग गरिएको छ । वडा ३ छुसाङका बासिन्दाले मंगलबार बाढी प्रभावित कागबेनी क्षेत्रको अवलोकन गर्न मुस्ताङ आएका उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्रमार्फत निषेधित तथा नियन्त्रित क्षेत्र फुकुवा गर्न माग गरेका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिका निषेधित तथा नियन्त्रित क्षेत्रभित्र पर्छन् । वारागुङ मुक्तिक्षेत्र ३ अन्तर्गतका गाउँ ताङ्वे, छुसाङ, तेताङ, चैले, समर र घ्याकर पनि निषेधित तथा नियन्त्रित क्षेत्रमा छन् । वारागुङ मुक्तिक्षेत्रका अन्य वडा भने सरकारले खुला गरेको छ ।
गाउँपालिकाका अन्य वडा जस्तै सरकारले वडा ३ का गाउँलाई समान रुपले हेनुपर्ने माग राख्दै सोही वडाका वडाध्यक्ष विनोद गुरुङले गृहमन्त्री श्रेष्ठसमक्ष ज्ञापन पत्र बुझाएका हुन् । उनले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई निषेधित क्षेत्र हटाएर पूर्ण रुपमा खुला गर्न गृह मन्त्री श्रेष्ठको ध्यानार्कषण गराए ।
बर्सेनि ७० हजार विदेशी जोमसोम आउँदा मुस्किलले १ हजारमात्र उपल्लो मुस्ताङ पुग्छन्
४ दशकअघि वारागुङ मुक्ति क्षेत्रका सबै वडाबासीको जीवनस्तर र आर्थिक, सांस्कृतिक अवस्था समान रहेको उल्लेख गर्र्र्दै अहिले पछि परेको दाबी गरिएको छ । ज्ञापनपत्रमा सरकारले पर्यटन विकासका लागि वारागुङका अन्य वडा खुला भए पनि यसलाई प्रतिबन्धित क्षेत्रमा राखिदा थोरै पर्यटक आउने गरेकाले गाउँहरु ओझेलमा परेको जनाइएको छ । प्रतिबन्धित क्षेत्रका कारण जनताको आर्थिक विकास हुन नसकेको र बसाइसराइ बढेको वडाध्यक्ष गुरुङले जनाए ।
वडाध्यक्ष गुरुङले विगतमा वारागुङको छुसाङ क्षेत्रमा होटल, रेस्टुरेन्ट, होमस्टे लगायतका पूर्वाधार नभए पनि पछिल्लो समय पर्यटक लक्षित होटल र रेस्टुरेन्टहरु रहेकाले पर्यटकलाई कुनै समस्या नहुने उल्लेख गरे । छुसाङ क्षेत्रमा कूटनीतिक चलखेल हुन सक्ने सम्भावना नरहेकाले सरकारले लिने विशेष किसिमको प्रबेश अनुमति लिनुपर्ने प्रावधान हटाउन गृहमन्त्रीसँग माग गरिएको हो ।
कागबेनीदेखि माथिको क्षेत्रलाई उपल्लो मुस्ताङ भन्ने गरिएको छ । कागबेनीदेखि माथिको क्षेत्रलाई नेपाल सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रमा राखेको छ । तिब्बतसँग सीमाना जोडिएका क्षेत्रलाई सरकारले विदेशी पर्यटकलाई नियन्त्रित बनाउन यस्तो घोषित गरेको हो ।
विदेशीले कागबेनीदेखि माथिल्लो क्षेत्रमा जान विशेष परमिट लिनुपर्ने हुन्छ । नेपाल सरकार अध्यागमन विभागले विदेशलाई उपल्लो मुस्ताङको भ्रमण गर्न १० दिनका लागि ५ सय डलर लिएर प्रवेशाज्ञा दिने गर्छ ।
तोकिएभन्दा बढी दिन बस्ने विदेशीले थप दैनिक ५० डलर सरकारलाई बुझाउनुपर्ने हुन्छ । उपल्लो मुस्ताङका लागि सरकारले चर्को रोयल्टी शुल्क लिने गरेकाले विशेष भिआइपीबाहेक सामान्य स्तरका विदेश पर्यटक उपल्लो मुस्ताङ जान पाउँदैन । बर्सेनि ७० हजार विदेशीले मुस्ताङ जिल्लाको भ्रमण गर्दा १ हजार पर्यटक पनि उपल्लो मुस्ताङ पुग्दैनन् ।
अधिकांश विदेशी मुक्तिनाथ र कागबेनीबाटै फर्किने गरेका छन् । सरकारले उपल्लो मुस्ताङमा जाने पर्यटकको रोयल्टीबाट बर्सेनि १२ करोड हाराहारी संकलन गर्ने गरेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया