क्रियाशील महिला विकास कृषि सहकारीको सभा

समाधान संवाददाता २०८० भदौ २४ गते १६:२९

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मा रहेको क्रियाशील महिला विकास कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम भएको छ । कार्यक्रममा बोल्दै पोखरा ७ का महिला वडा सदस्य बसुन्धरा लामिछानेले सहकारीलाई आयआर्जन र उत्पादनमा जोड्नुपर्ने बताइन् ।


वडा सदस्य अर्जुन थापाले पोखरा वडा नम्बर ७ मा भएका सहकारीसँग सहकार्य गर्न सधै तयार रहेको सुनाए । सहकारीलाई उत्पादनसँग जोड्ने कोसिस भइरहेको बताउँदै कतिपय नीतिगत समस्याका कारण समस्या परेको उनले बताए । सहकारीकी संस्थापक अध्यक्ष शारदा गिरीले महिला दिदी बहिनीको क्षमता विकास र आर्थिक सवलीकरणका लागि संस्था जन्मिएको बताउँदै सबै सेयर सदस्यलाई सक्रिय हुन आग्रह गरिन् ।

Advertisement


सहकारीकी सल्लाहकार शशिकला बरालले महिलाहरुले आत्मानिर्भर हुँदै उद्यमी बन्नुपर्ने खाँचो औंल्याइन् । महिला विकासका लागि आमा समूहका अध्यक्ष तुलसी बरालले सहकारी भनेकै सहकार्य भएकाले महिला दिदीबहिनीहरुको सहकारी उदारणीय हुनुपर्ने बताइन् ।

कार्यक्रममा वडा सदस्य सुनीता सुनार, महिला क्लब पोखराकी अध्यक्ष मीना बराल आचार्य, रेडियो सफलताका स्टेसन प्रमुख मधु अधिकारी लगाएतले शुभकामना दिए । संस्थाको अर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी बराल र लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन लेखा समिति संयोजक सिर्जना सापकोटा बरालले प्रस्तुत गरे ।

Advertisement

संस्थाका अध्यक्ष मनमाया पौडेल बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष पिंगला भट्ट र सञ्चालन सचिव सावित्री तिम्सिना बरालले गरे । संस्थामा २६९ सेयर सदस्य छन् ।

तपाईको प्रतिक्रिया