जन्मदिनमा स्कुलमा अक्षयकोष

समाधान संवाददाता २०८० भदौ २४ गते १६:३३

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २८ आरुपाटाका पुष्पराज त्रिपाठीले आफ्नो जन्मदिनको अवसर पारेर जनज्योति माविमा १ लाख १ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । ३६ औं जन्मदिनको अवसरमा त्रिपाठीले ब्याजबाट आउने रकम विद्यार्थीको अतिरिक्त क्रियाकलापमा खर्च गर्ने गरी कोष स्थापना गरेका हुन् ।


उनले रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश अधिकारी र विद्यालयका प्रधानाध्यापक नागेन्द्रराज लामिछानेलाई हस्तान्तरण गरे । कार्यक्रममा वडा नम्बर २८ का अध्यक्ष श्रीकृष्ण लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष विश्वरमण अधिकारी, वडा सदस्य डाल्डादेवी भुजेल, व्यवसायी शम्भुराम पाण्डे लगायतले विद्यालयमा अक्षय कोष स्थापना गर्नु त्रिपाठीको उदाहरणीय कार्य भएको बताए । त्रिपाठी पोखराको महेन्द्रपुलमा मोबाइल व्यवसाय गर्छन् ।

Advertisement

तपाईको प्रतिक्रिया