सहयात्री सहकारीको वार्षिकोत्सवमा शिविर

समाधान संवाददाता २०८० भदौ २४ गते १६:३४

पोखरा ।
सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा शनिबार भएको छ । सभाले अध्यक्ष डा त्रिभुवन शर्माको अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक हरिप्रसाद लामिछानेले पेश गरेको लेखा समितिको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।


सोही अवसरमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा २ सय ५ जनाको सित्तै मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको हो ।


कार्यक्रममा दुखाई विशेषज्ञ डा हरि पौडेलले तीन महिनासम्म पनि कुनै कारणले भएको दुखाइ नहटे त्यसलाई दीर्घरोगको रुपमा लिइने उल्लेख गरे । उनले क्यान्सरदेखि दुखाई हुने विभिन्न रोगमा बेलैमा दुखाइको व्यवस्थापन नगरे जीवन कठिन हुने जनाए ।

Advertisement


सहकारीका अध्यक्ष डा त्रिभुवन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बचत तथा संघ सहकारी संघ कास्की अध्यक्ष भेषराज बरालले अहिले सहकारीमा देखिएको संकट समाधान गर्न सेयर सदस्य, सञ्चालक, कर्मचारी र नियमक निकायको संयुक्त सहकार्य जारुरी हुने बताए ।


कार्यक्रममा प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, हिसान कास्की अध्यक्ष यामबहादुर रोका, सहकारीका सचिव डा रामजी शर्मा लगायतले बोलेका थिए । ०६७ सालमा स्थापना भएको यो सहकारीमा ८ सय १३ सदस्य छन् । समारोहमा सहकारीले विद्यावारिधी र स्नातक उत्तीर्ण ६ जनालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा डा खरिकादेवी पराजुली, एलिस रानाभाट, शुभेच्छा तिमिल्सिना, सुवास गौतम, शिव थापा र अभिषेक कार्की छन् ।

Advertisement


युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलले स्थापनादेखि नै व्यवसाय सँगसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गरे । युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी आयोजना गरेको शनिबारको शिविर १ सय ५० औं हो । अहिलेसम्म यस्ता शिविरबाट करिब १ लाख ६० हजारले सित्तैमा सेवा लिइसकेका छन् ।


ठाकुर भन्छन्, ‘प्रदेशको अग्रणी ल्याब भएकाले सर्वसाधारणसम्म गुणस्तर सेवा पुर्‍याउन शिविर आयोजना गर्दै आएका छौं । पोखराको लेकसाइडमा १५ औं शाखा असोज १ गतेबाट सुरु हुँदै छ ।’


यसैबीच, युआरएल बिरौटाले हरितालिका तीजको अवसरमा मधुमेहसम्बन्धी रक्त परीक्षण सित्तैमा गरिरहेको छ । भदौ १५ देखि असोज ७ गतेसम्म यो अफर लागू हुनेछ । साथै, थाइराइड, क्यान्सर, भिटामिन, होलबडीसहितका सबै जाँचमा ३० प्रतिशत छुट दिइएको छ ।


युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००१ः२०१५ प्रमाणित ल्याब हो । अहिले केन्द्रीय कार्यालयसहित १५ शाखा र ९ नमुना संकलन केन्द्रबाट युआरएलले सेवा दिइरहेको छ ।

तपाईको प्रतिक्रिया