तीजगीतमा सामाजिक सन्देश

समाधान संवाददाता २०८० भदौ २४ गते १६:३७

पोखरा ।
दिदीबहिनी दाजुभाइ तीजको शुभकामना
सुस्वास्थ्य र दीर्घायुको हाम्रो कामना
टोल टोलमा जानु हुन्छ सचेतना जगाउँदै
पहिचानको प्रतीक रङ मिलेका साडी लगाउँँदै

पोखरा महानगरपालिका वडा नं. १७ की वडाध्यक्ष राधिकाकुमारी शाहीले शुक्रबार यसरी तीजगीत गाइन् । शुभकामना आमा समूहको २१ वार्षिक साधारण सभा एवं तीजको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गीत सुनाएकी हुन् । उनले भड्किलो नभई सामूहिक रुपमा तीज मनाउने संस्कारको विकास गर्नुपर्ने जनाइन् ।


अध्यक्ष शाहीले संस्कृति र संस्कार संरक्षण गर्दै विकास, निर्माणमा जुट्न आग्रह गरिन् । विगतमा नारीका पीडा र उत्पीडनको प्रस्तुत गर्ने तीज पर्व पछिल्लो समय नेतृत्व विकाससँगै महिला सहभागिता, विकास निर्माणसम्म आइपुगेको उनको भनाइ छ ।

म्युजियम मार्ग टोल सुधार समिति अध्यक्ष हरि बास्तोलाले टोलबासीको सक्रियतामा संरक्षित सार्वजनिक जग्गामा आवश्यकता अनुसारका भौतिक संरचना निर्माण गरी सभ्य समाज निर्माणका लागि उपयोग गरिनुपर्ने बताए ।

Advertisement


कार्यक्रममा समूहका ७० वर्ष उमेर पुगेका आमाबुबा र उच्च माध्यमिक शिक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

समूहका अध्यक्ष कोकिला उदासको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व शिक्षा सहसचिव विष्णुबहादुर द्वारे, माथिल्लो रातोपैह्रा टोल विकास संस्थाका अध्यक्ष टीकाबहादुर द्वारे, सीतापाइला ढुंगेसाँघु आमा समूहका अध्यक्ष सीता काफ्ले, समूहका पूर्वअध्यक्ष पार्वती खड्का, उपाध्यक्ष अञ्जु गुरुङ, सचिव मीना द्वारे, कोषाध्यक्ष मीना कुँवर लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया