८२ युनिट रगत संकलन

समाधान संवाददाता २०८० भदौ २५ गते १५:२२

लेखनाथ ।
पोखरा २७ को रिठेपानीमा रहेको राइजिङ स्टार युथ क्लबले आयोजना गरेको रक्तदानमा ८२ युनिट रगत संकलन भएको छ । रगतको अभावलाई केही हदसम्ममा भए पनि पूर्ति गर्न कार्यक्रम आयोजना गरिएको हो ।


पहिलो रक्तदाता सूर्य भट्टराईलाई बल्ड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रक्तदान सुरुआत गरेका थिए । समाजमा सकारात्मक सन्देश दिने गरी यस खाकाल कार्यक्रम भइरहनुपर्ने उनको भनाइ छ । क्लबका अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार यमप्रसाद गुरुङ, क्लबका कोषाध्यक्ष अर्जुन सापकोटा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया