दीप युनाइटेडमा ५४ युनिट रगत संकलन

समाधान संवाददाता २०८० भदौ २६ गते १०:४५

पोखरा ।
पोखरा १६ दीपमा अवस्थित दीप युनाइटेड क्लबले ‘सद्भाव र सहकार्यका लागि एकता’ भन्ने मूल मन्त्रका साथ आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत ११ औं खुला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथि वडा नं १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना थिए । विशेष अतिथि वडा सदस्य क्रमशः राजकुमारी बानिया, मञ्जु बस्याल, रामकाजी गुरूङ र रामचन्द्र आचार्य लगायत विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि र समाजका विशिष्ट व्यक्तित्वहरू थिए ।


तीजको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको रक्तदान कार्यक्रमको उदघाटन ४९ औं पटक रक्तदान गरेका रक्तदाता रामबहादुर बानियालाई ब्लड ब्याग हस्तान्तरण गर्दै वडा अध्यक्ष अमृत शर्मा तिमल्सिनाले गरेका थिए । सूर्योदय सेकेन्डरी स्कुलको सहयोगमा दीप युनाइटेड क्लबको आयोजना र रक्तसञ्चार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५४ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष खेमराज आचार्यले जानकारी दिए ।


क्लबका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक क्लबका उपाध्यक्ष विष्णुकुमारी गुरूङले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम सञ्चालन क्लबका सचिव भीमप्रसाद आचार्यले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया