१६ तोला सुनका गहनासहित पक्राउ

समाधान संवाददाता २०८० भदौ २७ गते ११:०९

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले १६ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ । पोखरा १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट प्रहरीले शिवदेवी चौधरीसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका अर्को व्यक्ति पोखरा बुद्धचोकमा मोबाइल पसल सञ्चालन गर्दै आएका सुजन अधिकारी हुन् ।


अधिकारीको स्थायी घर कहाँ हो भन्ने विषय अनुसन्धानमै रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका नायव उपरीक्षक (डिएपी) श्रवणकुमार विकले बताए । प्रहरी कार्यालयमा १६ तोला बराबरका सुनका गरहगनाहरु चोरी भएकाले अनुसन्धान गरी पाऊँ भन्ने निवेदनको परेको थियो ।

सोही आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पर्सा जिल्लाको पर्सागढी नगरपालिका २ घर भई हाल पोखरा १२ बस्ने २२ वर्षीय चौधरी र अधिकारीलाई पक्राउ गरिएको डिएसपी विकले बताए ।

Advertisement


प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती युवतीले सुनका गरगहनाहरु चोरी गरी पोखरा १० बुद्धचोकमा रहेको अधिकारीको मोबाइल पसलमा लुकाएकी थिइन् । प्रहरीले दुवै जनालाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी विकले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया