गुप्तेश्वर क्याम्पसमा सहकार्य र कार्यसम्पादन कार्यक्रम

समाधान संवाददाता २०८० भदौ २७ गते १५:३९

पोखरा ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा सोमबार ‘पोखराका उच्च शैक्षिक संस्थाहरुको सहकार्य र संस्थागत कार्यसम्पादनमा अभिवृद्धि’ विषयक कार्यक्रम भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उनले विश्वविद्यालयले विद्यार्थीका गतिविधिलाई सजिलो बनाउनुपर्नेमा जोड दिए ।


कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख सुरेश मानन्धरले यस्ता कार्यक्रमले संस्थाहरु बिच भएका समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त गरे । प्राडा मीन पुनले उठेका विषयवस्तुहरु माथि संक्षेपीकरण गरे ।


कास्की जिल्लाका क्युएए प्राप्त क्याम्पसहरु पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेस, वनविज्ञान क्याम्पस पोखरा, पोखरा नर्सिङ क्याम्पस, जनप्रिय क्याम्पस, कन्या क्याम्पस पोखरा र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस तथा उद्यमी व्यवसायी, सरकारी कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमको स्वागत् मन्तव्य क्याम्पस प्रमुख धर्मराज बरालले गरेका थिए । कार्यक्रमको सञ्चालन आइक्युएसी प्रमुख राजकुमार सुवेदीले गरेका थिए । कार्यक्रमको मध्यस्थता रेशमलाल पौडेलले गरेका थिए ।

Advertisement


कार्यक्रममा नेपाली विद्यार्थीको विदेश पलायनका समस्या, उच्च शैक्षिक संस्था विचका सहकार्यता र ज्ञान व्यवस्थापनका अभ्यासहरु र उच्च शैक्षिक संस्थाका कार्यदक्षता सम्बन्धी विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागीहरुले पाठ्यक्रममा परिवर्तनको आवश्यकता, विश्वविद्यालयबाट प्रदान गरिने सेवाहरुको चुस्तदुरुस्तता, अस्थित राजनीतिक समस्या, स्वदेशमा रोजगारी तथा व्यवसायीको अवस्था, राज्यका नीतिगत अवस्था सम्बन्धी आ–आफ्ना धारण राखे ।

Advertisement

तपाईको प्रतिक्रिया