शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE)मुस्ताङ समितिमा प्रजु

समाधान संवाददाता २०८० भदौ २८ गते ९:३९

जोमसोम—शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ९एनसिई नेपाल०को मुस्ताङ शाखा समिति गठन भएको छ । एनसिई नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र पहाडीको उपस्थितीमा बुधबार ९एनसिई नेपाल०को ३८ औं शाखा समिति गठन भएको हो ।

जिल्लाका क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीमा ७ सदस्यीय ९एनसिई नेपाल० को मुस्ताङ शाखा समिति विस्तार गरिएको हो ।९एनसिई नेपाल०को विस्तारित मुस्ताङ जिल्ला समितिको संयोजकमा प्रजु गुरुङ सर्वसम्वत चयन भएकी छिन् ।
गुरुङ विभिन्न माध्यमबाट शिक्षा क्षेत्रमा राम्रो दक्षता हासिल गरेकी महिला शैक्षिक अभियान्ता हुन् ।
एनसिई नेपालको सहसंयोजकमा सुन्दरकुमार थकाली ,सचिवमा पेमा छेतेन विक र कोषाध्यक्षमा संगिता राई भट्टचन चयन भएका छन् ।यस्तै, माईकल थकाली,सम्झना थकाली लगायतलाई एनसिई नेपालको मुस्ताङ समिति सदस्यमा चयन चयन भएका छन् ।
जोमसोममा आयोजित एनसिई नेपाल जिल्ला शाखा समिति शाखा गठन कार्यक्रममा मुस्ताङका अंग्रज शिक्षाप्रेमी रमेश भट्टचन,आसबहादुर थकाली,तिलक विक र छेवाङ रिङझिङ गुरुङको विशेष उपस्थिती रहेको थियो ।
एनसिई नेपालको ३८ औं शाखा समिति गठन समरोहमा संस्थाको उद्देश्य माथि केन्द्रिय अध्यक्ष राजेन्द्र पहाडीले प्रकास पारे ।शिक्षा क्षेत्रको सवलिकरण तथा गुणस्तरीय शिक्षाको अधिकारीका लागि सन् २०१० देखि एनसिई नेपाल समिति गठन भएको केन्द्रिय अध्यक्ष पहाडीले उल्लेख गरे । शिक्षा क्षेत्रको विकृति र असमानताका लागि सुधार गर्न एनसिई नेपालको शैक्षिक अभियानको पहल सन् २००३ देखि सुरु भएको र हाल मुस्ताङमा समिति गठन भएसंगै ३८ जिल्लामा एनसिई नेपालको उपस्थिती रहेको छ,केन्द्रिय अध्यक्ष पहाडीले भने, संस्थामा हाल ४७० भन्दा बढी संघसंस्थाको प्रतिनिधित्व भईसकेको छ ,जिल्लागत उपस्थिती ५० भन्दा बढी जिल्लामा छ ।’
केन्द्रिय अध्यक्ष पहाडीले चालु वर्ष थप १० जिल्लाहरुमा एनसिई नेपालको शाखा गठन गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले सरकारले न्यून मात्र बजेट शिक्षामा लगानी गरेको उल्लेख गर्दै केन्द्रिय अध्यक्ष पहाडीले राज्यले कम्तिमा २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने बताए ।
नवनिर्वाचित मुस्ताङ समितिकी संयोजक प्रजु गुरुङले शिक्षा क्षेत्रको गुणस्तर र शिक्षाका लागि सबैको समान पहुँच कायम गर्ने निरन्तर संस्थागत रुपमा पहल गर्ने प्रतिवद्धता जनाईन् । ‘शिक्षाका लागि समावेशी र समतामुलक पहुँच कार्यान्वयन वान्छनीय छ,समितिकी अध्यक्ष गुरुङले भनीन्,‘यसका लागि केन्द्र र जिल्ला स्तरमा निरन्तर समन्वय र सहकार्य आवश्यक रहने अपेक्षा गरिन

Advertisement

तपाईको प्रतिक्रिया