कालिका माविमा वक्तृत्वकला तथा तीजगीत प्रतियोगिता

समाधान संवाददाता २०८० असोज २ गते १४:५७

पोखरा ।
पोखरा १० रामबजारमा रहेको कालिका माध्यामिक विद्यालयमा ५९ औं राष्ट्रिय बालदिवस को अवसरमा वक्तृत्वकला तथा तीजगीत प्रतियोगिता भएको छ । विद्यालयले प्रत्येक वर्ष बालदिवसको अवसरमा विद्यार्थीको बौद्धिकता विकास गर्न, उनीहरुमा भएको कला, सिप र क्षमता प्रस्फुटन गर्न कार्यक्रम आयोजना गर्दै आएको छ ।


वक्तृत्वकला प्रतियोगिता कक्षा ११ र १२ का विद्यार्थीहरूको बिचमा भएको थियो । प्रतियोगितामा हिमाल क्षेत्री प्रथम, रिषेश छन्त्याल दोस्रो, रोसन थापा तेस्रो र अस्मिता न्यौपाने सान्तवना भएका थिए ।


नर्सरीदेखि पाँच कक्षाका विद्यार्थीका लागि विभिन्न प्रतिभा प्रस्फुटन कार्यक्रम राखिएको थियो । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको बिचमा तीजगीत प्रतियोगिता भएको थियो । कक्षा ६ देखि ८ सम्मे समुहमा सदिक्षा अधिकारीको समुह प्रथम, रक्षा नगरकोटीको समुह दोस्रो र सुमिता आलेको समुह तेस्रो भएको थियो ।

Advertisement


कक्षा ९ देखि १२ सम्मको समुहमा आसिका लामाको समुह प्रथम, अस्मी गुरुङको समुह दोस्रो र निरजला थापाको समुह तेस्रो भएका थिए ।


वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा रामप्रसाद गौतम, सीमा खत्री, शिवजी थिए भने तीजगीत प्रतियोगिताको निर्णायकमा रामप्रसाद गौतम, ज्ञानबहादुर थापा, अस्मीता भट्टराई थिए ।

Advertisement

बालक्लवका अध्यक्ष गणेश वाग्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विजय सापकोटाले गरेका थिए । कार्यक्रममा विद्यालयका प्रअ वलराम गिरी, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष दिपकबहादुर थापा, सहप्रअ श्रीराम आचार्यले बोलेका थिए ।

तपाईको प्रतिक्रिया