विद्यार्थीको भविष्यमाथि टियुले खेलवाड गरेको भन्दै पृथ्वीनारायण क्याम्पस अखिल क्रान्तिकारीकाे विराेध

समाधान संवाददाता २०८० असोज २ गते १६:१६

पोखरा ।
त्रिभुवन विश्वविद्यालयले २०७७ भर्ना वर्षका विद्यार्थीहरुको प्रथम वर्षको आंशिक परीक्षा फर्म नखुलाएको भन्दै पृथ्वीनारायण क्याम्पस अखिल (क्रान्तिकारी) ले विरोध गरेको छ ।

विद्यार्थीको भविष्यमाथि टियुले खेलवाड गरेको भन्दै अखिल (क्रान्तिकारी) ले मंगलबार पिएन क्याम्पसमा विरोध स्वरुप हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।

आंशिक परीक्षाको फर्म नखुलाउँदा विद्यार्थीको एक वर्ष पछाडि धकेलिने अवस्था आएको अखिल पिएन क्याम्पसका नेता नविन अधिकारीले बताए । उनले भने, ‘२०७७ को भर्ना वर्षका विद्यार्थीले हालसम्म आंशिक परीक्षा दिन पाएका छैनन्, यो अवस्थामा विद्यार्थीको एक वर्ष लस हुने अवस्था छ । त्यसकारण हामीले विरोध स्वरुप हस्ताक्षर संकलन अभियान थालेका हौं ।’

Advertisement

मंगलबारको हस्ताक्षर संकलन अभियानमा २ सय भन्दा बढी हस्ताक्षर संकलन भएको अखिलका नेता अधिकारीले जानकारी दिए । ‘आज २ सयभन्दा धेरै हस्ताक्षर संकलन भएको छ । संकलन भएको हस्ताक्षर प्रदेश परीक्षा नियन्त्रक कार्यालयमा बुझाउनेछौं,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया