मादी गाउँपालिका–जनप्रिय क्याम्पसबीच सम्झौता

समाधान संवाददाता २०८० असोज २ गते १७:०६

पोखरा ।
कास्कीको मादी गाउँपालिका र पोखरा ८ मा रहेको जनप्रिय बहुमुखी क्याम्पसबीच छात्रवृत्तिसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि जनप्रियमा मादीका १ विद्यार्थीले पूर्ण छात्रवृत्तिमा बिएमटिएम पढ्न पाउने छन् । त्यस्तै, अर्का १ जनाले एमबिए (एचएम)मा पूर्ण छात्रवृत्तिमा पढ्न पाउने छन् ।


सम्झौतापत्रमा मादी अध्यक्ष देवीजंग गुरुङ र जनप्रियका क्याम्पस प्रमुख लोकराज भण्डारीले हस्ताक्षर गरेका हुन् । विद्यार्थीलाई गाउँपालिकाले ७५ प्रतिशत र क्याम्पसले २५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने छन् । मादी गाउँपालिका घर भई जुनसुकै विषयमा कक्षा १२ पास भएका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।


इच्छुक विद्यार्थीको गाउँपालिकामा आवेदन दिएपछि छनोट भने जनप्रियले गर्ने छ । बिएमटिएम ४ वर्षे कोर्स हो भने एमबिए (एचएम) २ वर्षे कोर्स हो ।

Advertisement


जनप्रियले दुई पटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ । क्याम्पस प्रमुख लोकराज भण्डारीले जेएमीले शैक्षिक गुणस्तर कायम राख्दै रणनीतिक योजना अनुरुप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।


विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया