उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

समाधान संवाददाता २०८० असोज ५ गते १५:३८

दमौली ।

तनहुँको व्यास नगरपालिकाले संविधान दिवसको अवसरमा आयोजना गरेको अन्तर विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेतालार्य पुरस्कार वितरण गरेको छ । प्रतियोगितामा प्रथम हुने सत्यवती माध्यमिक विद्यालयका विपिन श्रेष्ठलाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।


दोस्रो हुने सत्यवतीकै सचिन श्रेष्ठलाई ४ हजार र तेस्रो हुने जनजुक्त शाही माध्यमिक विद्यालयकी सञ्जिता परियारलाई ३ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको छ । विजेतालाई जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्ले, नगर प्रमुख वैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले वितरण गरेका हुन् ।

Advertisement


कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख वाग्लले संविधान कार्यान्वयनमा सबैले आआफनो ठाँउबाट सहयोग गर्नुपर्ने बताए । व्यासका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखाका निमित्त प्रमुख नवीन पराजुली र शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज जमरकटेलले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया