५४ युनिट रगत संकलन

समाधान संवाददाता २०८० असोज ७ गते १६:३२

पोखरा ।
लायन्स क्लब अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ । लायन्स क्लब अफ इन्टरनेसनल डिष्टिक ३२५ एलका डिपाटमेन्ट चिफ ज्ञानेन्द्रराज कोइरालाले मर्दीका अध्यक्ष मनोजकुमार अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान सृुरुआत गरे ।


उनले रक्तदानबाट बिरामीले नयाँ जीवन पाउने बताए । कार्यक्रममा रक्तसञ्चार सेवा पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले हरेक ३ महिनामा रक्तदान गर्न सकिने बताए । उनले मरेर जाने सेललाई रक्तदान गर्दा अर्को व्यक्तिलाई रगत अभाव पूरा गर्ने बताए ।


कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेसनल डिस्टिक ३२५ एलका ब्लड कोडिनेटर जितेन्द्रमान शाक्यले १८ देखि ६५ वर्षसम्मका कुनै पनि स्वस्थ व्यक्तिले वर्षमा तीन वा चार पटकसम्म रक्तदान गर्न सकने बताए ।

Advertisement


उनले रगतलाई अरु हिसाबले बनाउन नसकिने हुँदा यसको अर्को कुनै विकल्प नभएको बताए । शल्यक्रिया, सुत्केरी महिला, दुर्घटना परेका व्यक्तिलाई रगतको बढी मात्रमा आवश्यक पर्ने गरेको उनको भनाइ छ । उनले आफूले अहिलेसम्म ८१ पटक रक्तदान गरिसकेको बताउँदै रक्तदान गर्दैमा कुनै कमजोरी नहुने बताए ।


कार्यक्रममा लायन्स क्लब अफ पोखरा मर्दी सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक प्रचण्ड धौनियार, क्लबका कोषाध्यष विष्णुप्रसाद अधिकारी, सदस्य अर्जुन पौडेल र क्लबका अध्यक्ष मनोजकुमार अधिकारीले रक्तदान र क्लबले आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया