मुस्ताङको शीतोष्ण बागवानीले मनायो ५७ औं स्थापना दिवस

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले आईतबार आफ्नो ५७ औं स्थापना दिवस मनाएको छ । मुस्ताङ जिल्लाको कृषिक्षेत्रको अनुसन्धान, विकास तथा प्रर्वद्धन गर्ने उद्देश्यले स्थापना भएको शीतोष्ण बागवानी विकास केन्द्र २०२३ सालमा स्थापना भएको थियो । यहाँ स्थापित शीतोष्ण बागवानी विकास केन्द्रकै माध्यमबाट मुस्ताङमा शीतोष्ण हावापानीमा उत्पादन हुँने फलफुल तथा तरकारी र विभिन्न बालीहरुको संरक्षण,विकास र अनुसन्धान भईरहेको छ ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको ५७ औ स्थापना दिवसको जिल्ला न्यायधिस ईश्वर पराजुलीले एक समारोहकाबीच उद्घाटन गरे । न्यायधिस पराजुलीले मुस्ताङ जिल्लाको समग्र कृषि क्षेत्रको समुत्थान र विकासमा केन्द्रले पू¥याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले यहाँका किसानले आधुनिक र बैज्ञानिक खेती गर्न केन्द्रले ठुलो सहयोग पू¥याएको र आगामी दिनमा पनि केन्द्रले जिल्लाको हावापानी सुहाउँदो कृषि कर्म गर्न सिकाउन सफल रहने अपेक्षा गरे । कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, प्रमुख जिल्ला अधिकारी जनकाज पन्त लगायतले शीतोष्ण बागवानी विकास केन्द्रलाई शुभकामना दिएका थिए ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले आाफ्नो ५७ औं स्थापना दिवसका अवसरमा एक जना कार्यालयका कर्मचारी र एक जना उत्कृष्ट कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।केन्द्रले कृषि फलफुल तथा तरकारीजन्य बाली विकासमा महत्वपूर्ण योगदान पू¥याए वापत वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ तिरी कृषक न्हुन्पु गुरुङलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । यसैगरी शीतोष्ण बागवानी विकास केन्द्र कार्यालयमा रहेर उत्कृष्ट मेहनत र सेवा पू¥याए वापत तमानखोला—३ बाग्लुङकी रिताकुमारी बुढालाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको हो । पुरस्कृत तथा सम्मानीत दुबैजनालाई जिल्ला न्यायधिस ईश्वर पुराजुलीले दोसल्ला ओढाएर सम्मान गर्दै नगद पुरस्कारले पुरस्कृत गरिएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।
यसअघि केन्द्र प्रमुख पद्मनाथ आत्रेयले शीतोष्ण बागावानी विकास केन्द्रले गर्ने विभिन्न गतिविधिहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए । शीतोष्ण बागवानी विकास केन्द्रले फार्ममा उत्पादित कृषि फलफुल तथा तरकारीजन्य बालीहरुको प्रर्दशनी गरेको थियो ।
भौगोलिक रुपलै अत्यन्तै विकट मुस्ताङमा सडक तथा विद्युतको पहुँच नहुँदा स्थापना भएको केन्द्रले् मुस्ताङको कृषि क्षेत्रमा ठुलो योगदान पु¥याएको छ । यहाँको किसानलाई फलफुल तथा तरकारी र विभिन्नबालीहरुको सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्र्रदान गरी दक्ष र समुचित खेती गर्न सिकाएको छ ।
शीतोष्ण बागवानीले विभिन्न ४ वटा ब्लक स्थापना गरेर करिव ९ हेक्टर जमिनमा फलफुल तथा तरकारी र विभिन्न बालीहरुको उत्पादन,अनुसन्धान,अन्वेषण र क्षमता विकासका कार्यक्रमहरु गर्दै आईरहेको केन्द्र प्रमुख आत्रेयले जानकारी दिए । उनका अनुसार शीतोष्ण बागवानी विकासमा हाल ३५ जातका स्याउका बिरुवा उपलब्ध छन् । यसैगरी ओखर आरु बखडा,खुर्पानी,कागजी बदाम,काठे बदाम,मिठो पैयु, अंगुर नासपाती आदी फलफुलका विरुवा पाईन्छ । शीतोष्णले हाल ५ जताका स्याउलाई उपल्लो निकायमा दर्ता प्रक्रियामा अघि बढाएको केन्द्र प्रमुख आत्रेयले बताए ।
शीतोष्ण बागवानी विकासले स्याउ लगायतका फलफुल तथा तरकारीहरको प्रशोधन गरी ब्रान्डी,साईडर,वाईन र जुसहरु निर्माण गर्ने गर्छ । केन्द्रले मुख्य गरी शीतोष्ण फलफुल तथा तरकारी उत्पादन गर्ने गरेको छ ।
तपाईको प्रतिक्रिया