टर्की पठाइदिन्छु भनेर सबा करोड ठगीको आरोपमा पक्राउ

समाधान संवाददाता २०८० असोज १० गते ७:५३

पोखरा ।
वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भनेर १ करोड १६ लाख रुपैयाँ ठगी गरेको आरोपमा पोखरा ५ की सुरुचि भुजेल पक्राउ परेकी छन् । भुजेललाई महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौंले पक्रेको हो ।


भुजेलसमेतले टर्कीमा गएको भूकम्पपछि पुनःनिर्माणका लागि संयुक्त राष्ट्र संघ माताहत रहेर काम गर्नुपर्ने र मासिक १४ सय डलरमा काम लगाइदिने भन्दै पैसा उठाएका थिए ।


पक्राउ परेका श्रेष्ठले सिर्जनकुमार राईसहित ३० जनाको एक करोड १६ लाख रुपैयाँ ठगी गरेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

Advertisement

विनोदले टर्की पठाइदिन्छु भनी रकम ठगी गरी पीडित भएका व्यक्तिहरूले आवश्यक कागजातसहित केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया