ज्योतिलाई शैक्षिक सहयोग

समाधान संवाददाता २०८० असोज १० गते १६:३०

पोखरा ।
पोखरा १७ को छोरेपाटन मावि कक्षा ११ की ज्योति तामाङलाई राम बजार सोसाइटी युकेका संस्थापक अध्यक्ष रामबहादुर गुरुङले नगद सहयोग गरेका छन् । गुरुङले विद्यालयमा भर्ना बापत लाग्ने शुल्क बुधबार तामाङलाई हस्तान्तरण गरेका हुन् ।


समाजसेवी एवंम सोसाइटीका अध्यक्ष गुरुङले राज्यले शिक्षा पूर्ण रूपमा निःशुल्क गर्न नसक्दा आर्थिक अभावमा अभिभावक बिहिन बालबालिकाहरूले शिक्षा बाट बन्चित हुनु परेको गुनासो पोखे । आर्थिक अवस्था कमजोर भएर विद्यालयको पहुँचबाट बाहिर रहेका बालबालिकाहरूलाई शिक्षाको पहुँचमा ल्याउन हरेक वर्ष आर्थिक सहयोग गर्दै आएको बताए ।


तामाङले सहयोगको लागि धन्यवाद दिँदै आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नसकेका अरु बालबालिकाहरुलाई पनि सहयोग गरी शिक्षाको पहुँचमा ल्याउन गुरुङ समक्ष आग्रह गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया