नीलगिरि सहकारीको रक्तदान

समाधान संवाददाता २०८० असोज ११ गते ८:२८

पोखरा ।
पोखरा १७ पार्दी बिरौटामा रहेको नीलगिरि बचत तथा ऋण सहकारी संस्थाले रजत जयन्तीको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्राविधिक सहयोगमा र संस्थाका सस्थापक अध्यक्ष ज्ञानेन्द्रराज पौडेलको प्रमुख आतिथ्यतामा शनिबार भएको कार्यक्रममा ४७ युनिट रगत संकलन भएको छ ।


संस्थाका अध्यक्ष लेखनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष गंगाधर पौडेल र उक्त कार्यक्रमको सञ्चालन सचिव तीर्थराज आचार्यले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया