आइएसएमटी कलेज पोखरामा बिएचएम

समाधान संवाददाता २०८० असोज १२ गते १२:२७

पोखरा ।
बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धन प्राप्त नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त पोखरा १५ अन्नपूर्ण मार्गस्थित आइएसएमटी कलेज पोखराले यसै वर्षदेखि बिएचएम कार्यक्रम सञ्चालनमा ल्याएको छ । कलेजले २०१८ देखि पोखरामा नै विश्वस्तरीय बेलायतको शिक्षा पढाउँदै आइरहेको छ ।


बिएसी आइटी (कम्प्युटर सिस्टम इन्जिनियरिङ) र बिबिए कार्यक्रम सञ्चालन गरिरहेको कलेजले विश्व बजारमा नै आतिथ्यता क्षेत्रका दक्ष कामदारको माग बढ्दै गइरहेको अवस्था र प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको पर्यटकनीय तथा होटल व्यवसायको प्रचुर सम्भावना भएकाले बिएचएम कार्यक्रम सुरु गरेको जनाएको छ ।

‘यस क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई मध्यनजर गदैै कलेजले बिएचएम कोर्स सञ्चालनमा ल्याएको हो,’ कलेजले भनेको छ, ‘कलेजमा बिएचएम अध्ययन गरिसकेपछि विद्यार्थीहरु होटल, टुरिजम सेक्टर, एयरलाइन्स लगायत विभिन्न हस्पिटालिटी क्षेत्र तथा कर्पोरेट सेक्टरमा काम गर्न सक्षम भएर निस्कने छन् ।’

Advertisement


आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख सहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि शिक्षा मन्त्रालयको अनुमतिमा सोही बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धनमा कलेजहरु सञ्चालनमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया