मुस्ताङको जनहित स्कुलले मनायो ६९ औं वार्षिकोत्सव

समाधान संवाददाता २०८० असोज १२ गते १८:२९

जोमसोम— मुस्ताङको जोमसोममा अवस्थित जनहित माध्यामिक विद्यालयले शुक्रबार आफ्नो ६९ औं वार्षिकोत्सव भव्य र सम्भ रुपमा मनाएको छ । अनौपचारिक रुपमा २००७ सालमा प्रारम्भ भएको जनहित स्कुल २०११ सालमा औपचारिक रुपमा विधिवत स्थापना भएको हो ।
जनहित माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ६९ औं वार्षिकोत्सव लेखिएको ब्यानर सार्वजनिक गरी संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गरे । संविधान सभा सदस्य श्रीमाया थकालीले राष्ट्रिय झन्डोक्तलन गरिन भने पूर्व प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले विद्यालयको झन्डोक्तलन गरेका थिए ।
सिभिल ईन्जिनीयरिङ धारतर्फको प्राविधिक कक्षा संञ्चालन गरेको जनहित माध्यमिक विद्यालयमा हाल ४७० जना विद्यार्थी ,३१ जना शिक्षक शिक्षिका र ९ जना विद्यालय कर्मचारी कार्यरत छन् । विद्यालयको ६९ औं वार्षिकोत्सव समारोहका विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले आर्थिक वर्ष २०७९÷०८० को विद्यालय वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रधानाध्याक अधिकारीले विद्यालयको शैक्षिक,भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
जनहित माध्यमिक विद्यालयकै पहलमा २०७० सालमा जनहित तेजनिरला बहुमुखि क्याम्पस समेत संञ्चालनमा छ । पर्याप्त शैक्षिक पूर्वाधार समेत रहेको जनहित माध्यमिक विद्यालयले २०७६ सालमा नमूना विद्यालयको रुपमा सुचिकृत भएको थियो ।
जनहित माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सवमा संघीय सांसद योगेश गौचन थकाली,संविधान सभा सदस्य श्रीमाया थकाली,प्रदेश सांसद विकल शेरचन,जिसस उपप्रमुख आईतेलाल थकाली,पूर्व प्रदेश सांसद महेन्द्रबहादुर थकाली लगायत शुभकामना मन्तब्य दिएका थिए ।
यसअघि जनहितको ६९ औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न व्यक्ति र संस्थाबाट स्थापना भएको शैक्षिक अक्षय कोषबाट विद्यार्थीहरुलाई छात्रवृद्धि तथा पुरस्कारले पुरस्कृत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकालीको अध्यक्षतामा विद्यालयको ६९ औं वार्षिकोत्सवलाई वडाध्यक्ष यमप्रसाद थकालीले स्वागत र सहायक प्रधानाध्यापक माधवजी भण्डारीले कार्यक्रम संञ्चालन गरेका थिए ।
वार्षिकोत्सवमा विद्यालयमा विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया