लोकदोहोरी प्रतिष्ठानमा सम्मान

समाधान संवाददाता २०८० असोज १४ गते १०:५३

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्यसमितिको ५ औं वार्षिक साधारणसभा शनिबार भएको छ ।
कार्यक्रममा अग्रज कलाकार सरस्वती परियारलाई नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कारबाट सम्मान गरिएको छ । तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट कमल पौडेल ‘अथक’लाई सम्मान गरिएको प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।


कार्यक्रममा पर्वत, नवलपुर र म्याग्दीलाई उत्कृष्ट जिल्ला शाखाको रुपमा पुरस्कृत गरियो । प्रतिष्ठान गण्डकी प्रदेशका कार्य समितिका सदस्यमा उत्कृष्ट वर्ष महिलातर्फ सचिवालय सदस्य सविना गुरुङ र पुरुषतर्फ सचिवालय सदस्य टेक क्षत्री सम्मानित बने ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्रजापति पराजुलीले कलाकारले सस्तो लोकप्रियताको लागि सिर्जना बिगार्न नहुने बताए । उनले प्रतिष्ठान सबै कलाकारको साझा घर भएको उल्लेख गरे । ‘घरको बाबु आमाले भनेको र नीति नियम नमान्नेलाई संस्थामा स्थान छैन,’ उनले भने, ‘कलाकारले आफ्नो कर्मप्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रति विश्वास गर्नुपर्छ । अनुशासित र मर्यादित भएर काम गर्नु पर्छ ।’ उनले जस्तोसुकै असहज अवस्था आए पनि सामना गर्नुपर्ने उल्लेख गरे ।

Advertisement


कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका भूगोलतर्फका सचिव घनश्याम रिजालले लोक तथा दोहोरी क्षेत्रका विकृति, विसंगति न्यूनीकरणका लागि विभाग गठन गरेर काम थालेको जानकारी दिए । उनले अरुले सिर्जना गरेका तथा गाएका गीत ट्रयाकमा गाउँदासमेत अनुमति लिनुपर्ने व्यवस्था गर्न लागेको बताए । प्रतिष्ठानका सचिव शंकरविरही गुरुङले नेपाल र नेपालीको मौलिक लोक संस्कृति सुसस्कृत हुनु्पर्ने उल्लेख गरे ।


कार्यक्रममा प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार शान्ति गुरुङ, केन्द्रीय प्रशासनिक सचिव जीवन दाहाल, प्रतिष्ठान नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक जीवन दाहाल, केन्द्रीय सचिवालय सदस्य सुरेन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष माया गुरुङ, सचिव रामजी पौडेल प्रतिष्ठान नेपाल नवलपुरका अध्यक्ष बुद्धिनाथ घिमिरे लगायतले लोक संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया