नाटक महोत्सवमा १५ नाटक

समाधान संवाददाता २०८० असोज १४ गते १३:३९

पोखरा ।
पोखरामा आयोजित पाँचौ संस्करणको विद्यालय नाटक महोत्सव शुक्रबार सकिएको । गत भदौ २७ गतेबाट सुरु भएको नाटक महोत्सवमा १५ नाटक मञ्चन भए ।


यसरी मञ्चन भएका नाटकमा शिलान्यास, भूत, भोला, कोही किन वर्वाद होस्, अँध्यारामा बाच्नेहरू, खेल्ने बेला खेल्छौं, पढ्ने बेलामा पढ्छौं, कीर्तिपुरको युद्धमा, मुना मदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँ जस्ती गोरी, कर्मको फल, यती, बिर्सन नसकिने मान्छे र मसान छन् ।


नाटक महोत्सवमा पुगेर ६ हजारभन्दा बढी दर्शकले नाटक हेरेको र ४ सयभन्दा बढी कलाकारले अभिनयमार्फत आफ्नो प्रतिभा प्रस्फुटन गरेको महोत्सव संयोजक एवं आयोजक पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

Advertisement


‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । थिएटरले २०७६ मा पहिलोपटक महानगरपालिका स्तरीय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव आयोजना ग¥यो । लगातार ३ वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यो पटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गरेको हो ।


महोत्सवका लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको थियो भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्ड्रेनले सहकार्य गरेका छन् । महोत्सवको प्रवद्र्धकको रुपमा पोखरा महानगरपालिका कार्यालय छ ।

Advertisement


महोत्सवमा मञ्चन भएका हरेक नाटकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको छ । महोत्सवको छेको पारेर ‘नाटकलाई विद्यालयहरुले कसरी प्रयोग गर्ने’ शीर्षकमा अन्तरक्रिया कार्यक्रमसमेत भएको छ ।

तपाईको प्रतिक्रिया