पोखरामा कत्थक नृत्य

समाधान संवाददाता २०८० असोज २१ गते १३:०१

पोखरा ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र काठमाडौं र गण्डकी प्रज्ञा–प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा पोखरामा कत्थक नृत्य प्रदर्शन गरिउको छ ।


कार्यक्रमको मुख्य आर्कषणको रुपमा भारतकी स्थापित कत्थक नृत्य कलाकार तथा प्रशिक्षक रञ्जना फड्के थिइन् । ३० वर्षभन्दा बढी समयदेखि कत्थक नृत्यको क्षेत्रमा सक्रिय फड्केलाई नृत्य प्रस्तुत गर्न विगत १० वर्षदेखि कत्थक नृत्यमा सक्रिय बनिरहेका रसिला गांगल र सुरवीले साथ दिएका थिए ।


गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रकाश आले मगरको उपस्थितिमा भएको कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंकी निर्देशक आशावरी बापट, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपति निशा शर्माले कत्थक नृत्य तथा यो कार्यक्रम आयोजना गर्नुको कारण बारेमा समेत उपस्थित दर्शकलाई जानकारी गराए । यसअघि काठमाडौं र विराटनगरमा समेत यो कार्यक्रम भएको थियो ।

Advertisement


गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’को अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया