घाँस काट्ने क्रममा लडेर कलाकार प्रकाश घिमिरे घाइते

समाधान संवाददाता २०८० कार्तिक १० गते १२:२८

पोखरा

घाँस काट्ने क्रममा लडेर कलाकार प्रकाश घिमिरे घाइते भएका छन् । कलाकार घिमिरे पोखरा नदीपुरमा घाँस काट्ने क्रममा शुक्रबार बिहान लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ‘उहाँको घर नदीपुर रहेछ । घाँस काट्न गएको बेला लड्नु भएको रहेछ । अहिले उपचार भइरहेको छ । अवस्था अल्ली जटिल नै छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले भने । घाइते भएका घिमिरेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया