हिमाली कठिन परिस्थितीका बालबालिका पढाउँदै ,बोन पूर्वाधार बनाउँदै शिक्षा केन्द्र

नेपाल सरकारको नियम ÷कानुनलाई पछ्याउँदै सामाजिक रुपान्तरण ,संस्कृति,शिक्षा,स्वास्थ्य र पूर्वाधार लगायतमा योगदान पू¥याउने कार्य

सुन्दरकुमार थकाली २०८० कार्तिक १६ गते १७:४३
मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रद्धार निर्मााधिन भव्य बोन गुम्बासहितको भौतिक संरचना । तस्विर ःसुन्दरकुमार थकाली ।

जोमसोम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ पाक्लिङमा ‘बोन’ धर्मको भव्य भौतिक संरचना निर्माण भईरहेको छ । मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्र मुस्ताङद्धारा शेन्तेन थाग्यालिङ बोन गुम्बा आध्यात्मिक अध्ययन केन्द्र परियोजना अन्र्तगत त्यहाँ बोन धर्मको गुम्बासहितको भव्य भौतिक संरचना निर्माण भईरहेको हो ।
परियोजना अन्र्तगत मुस्ताङको पाक्लिङमा फेज १,२,३ गरी तीन चरणमा बोनको विभिन्न भौतिक संरचनाहरु निर्माण हुनेछन् । हिमाली विकट क्षेत्रमा बसोबास गर्ने कठिन परिस्थितीका बालबालिकाहरुको शैक्षिक विकासमा योगदान पू¥याउँदै आईरहेको मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्र मुस्ताङले पाक्लिङमा त्यहाँ भव्य धार्मिक आध्यात्मिक अध्ययन केन्द्र निर्माण गर्न लागेको बताईएको छ ।
मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रको पहलमा कठिन परिस्थितीका बालबालिकाहरुलाई शैक्षिक सहायताका साथै परियोजना मार्फत बोनको पूर्वाधार निर्माणमा समेत जोड दिईएको हो । यो संस्था २०६९ साल देखि स्थापना गरिएको हो र संस्था अन्र्तगत अहिले कुल ५७ जना बालबालिकाहरुले मुस्ताङ र पोखरामा पठन÷पाठन गरिरहेका छन् ।जसमध्ये ५४ जना जनजाती र ३ जना दलित समुदायका बालबालिकाले निशुल्क आवासीय रुपमा पढिरहेका छन् ।

मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रलाई विशुद्ध रुपमा अमेरिका स्थित मुस्ताङ बोन फाउन्डेसन र अमेरिकामा रहेको ग्लोबल डेभलमेन्ट ग्रुपले आर्थिक सहयोग गर्ने गरेको छ । विदेशमा रहेका यी दुई संस्थाको सहयोगमा वारागुङ मुक्तिक्षेत्र—४ पाक्लिङ गाउँको खेर गईरहेको खाली जमिनलाई स्तरोन्नति गरी पूर्वाधार निर्माण गरिरहेको शेन्तेन थाग्यालिङ बोन गुम्बा आध्यात्मिक अध्ययन केन्द्र परियोजनाका ईन्जिनीयर सुदिप थकालीले जानकारी दिए । पहिलो फेजमा गुम्बासहितको पूर्वाधार निर्माण ६७ प्रतिशत सम्पन्न सम्पन्न भईसकेको परियोजनाका ई. थकालीले बताए । फेज एकमा बोन गुम्बासहितको पूर्वाधार निर्माण सन् २०२२ को जनवरीमा सुरु गरिएको थियो । यसको सम्पन्न मिति सन् २०२४ को मे सम्म छ ।
पाक्लिङमा निर्माणधिन गुम्बासहितको पूर्वाधार निर्माणको काम एम.बी. अमित बिल्डर्सले जिम्मा लिएको छ । चारैतिर निलगिरी र धौलागिरी हिमालको मनमोहक दृष्यावलोकन गर्न सकिने सो स्थानबाट कालिगण्डकी करिडोर सडक र कालिगण्डकी तटीय क्षेत्र निकै सुन्दर आर्कषक देखिने गर्छ ।
त्यहा निर्माणधिन ४ तले बोन गुम्बासहित पूर्वाधार निर्माणको लागत २१ करोड ५० लाख रहेको छ । परियोजनाले हालसम्म १० करोड बढी खर्च गरिसकेको परियोजनाका ई. थकालीले जानकारी दिए । फेज एक अन्र्तगत बोन गुम्बा,लामा निवास,लाईबेरी हल,किचन, कार्यालय कक्ष,पानी ट्याङ्की , गुम्बा परिसर र एप्रोज रोडको काम गरिरहेको छ ।
परियोजनाका ई. थकालीका अनुसार पाक्लिङमा निर्माणधिन बोन गुम्बाका लागि मूर्ति निर्माण भित्ते चित्र (थान्का) लेखन, काठ तथा कंक्रिटका बुट्टा कोर्ने र पुरानो माटोको पर्खाललाई प्रवलिकरण गर्ने लगायतका काम भईरहेको छ ।
मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले फेज एकको काम अन्तिम चरणमा पू¥याउँदै गर्दा दोश्रो फेजको परियोजनालाई अघि बढाउने योजनामा छ । अष्ट्रेलियाको ग्लोबल डेभलमेन्ट ग्रप को आर्थिक सहयोगमा फेज २ मा तय भएको कार्यक्रमलाई फेज ३ मा पेन्डिङमा राखेर फेज ३ को कार्यक्रमलाई फेज २ मा संञ्चालन गर्ने तयारी भईरहेको परियोजनाका ई. थकालीले जानकारी दिए । जसअन्र्तगत परियोजनाको फेज २ मा आमजी अस्पताल,आमजी निवास र बिरामी राख्ने कोठाहरु , आमजी औषधि तयार गर्ने भवन र ध्यान केन्द्र गरी दुई वटा भवन बनाईने गृहकार्य भईरहेको ई. थकालीले उल्लेख गरे ।
मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्र मुस्ताङले विदेशी लगानी भित्र्याउनका लागि नेपाल सरकार अन्र्तगत समाजकल्याण परिषदको पूर्व स्वीकृत लिएर वैधानिक ढंगले कार्य गर्दैआईरहेको संस्थाका कार्यवाहक अध्यक्ष राजेन्द्र शेरचनले जानकारी दिए ।


बिहिबार मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्र मुस्ताङ ले निर्माण गरिरहेको परियोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गरिएको छ । घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि,जिसस मुस्ताङ,प्रशासन,पत्रकार र स्थानीयबासीले पाक्लिङमा निर्माणधिन भव्य संरचनाको अवलोकन तथा निरीक्षण गरेको प्रशासन तथा लेखा शाखाकी प्रमुख सल्मा थकालीले जानकारी दिए । जोमसोममआयोजित जिल्ला तथा गाउँपालिका स्तरीय परियोजना सल्हाकार समितिको बैठक समेत बस्यो । बैठकमा मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रद्धारा संञ्चालित शैक्षिक तथा पूर्वाधार निर्माणका कामहरुको ई. सुदिप थकालीले प्रस्तुतीकरण गरेका थिए । उनले परियोजना फेज तीनमा कक्षा कोठा र छात्रावास भवन निर्माण गरिने कार्यतालिका रहेको जनाए ।

Advertisement


कार्यक्रममा घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकाली थापाले मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले कठिन परिस्थितीका बालबालिकाहरुलाई शिक्षामा पहुँच निर्माण,स्वास्थ्य,संस्कृति संरक्षण योगदान पू¥याउनु सह्रानीय पक्ष भएको उल्लेख गरिन् । उनले संस्थाले वैधानिक रुपमा नेपाल सरकारको नियम ÷कानुनलाई पछ्याउँदै सामाजिक रुपान्तरण ,संस्कृति,शिक्षा,स्वास्थ्य र पूर्वाधार लगायतमा योगदान पू¥याउने कार्य प्रशंसनीय भएको बताईन् ।

यस्तै, घरपझोङ—४ का वडाध्यक्ष यामप्रसाद थकालीले शिक्षा केन्द्रद्धारा निर्माणधिन अध्ययन आध्यात्मिक केन्द्रले संस्कृति र पर्यटन प्रर्वद्धनमा टेवा पू¥याउने उल्लेख गरे ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया