कृष्णबहादुरको योगदान पुस्तकमा

समाधान संवाददाता २०८० कार्तिक १७ गते ११:४८

पोखरा ।
पर्वतको कुस्मा नगरपालिका ४ का कृष्णबहादुर जोशीको सम्झनामा पुस्तक प्रकाशन भएको छ । जोशीका भतिज साहित्यकार सुन्दरप्रसाद जोशी (बादल) द्वारा लिखित पुस्तक ‘सम्झनामा काका कृष्णबहादुर जोशी’ बिहीबार विमोचन भएको हो ।


कृष्णबहादुर २००७ को सशस्त्र क्रान्तिका योद्धा थिए । जोशीले तत्कालीन बागलुङ सरकारका यातायात मन्त्री र स्याङ्जा नुवाकोट कांग्रेस सदस्य भएर पनि काम गरेका थिए । उनका श्रीमती सन्तकुमारी, ५ छोरा र २ छोरी छन् ।


कार्यक्रममा साहित्यकार ईन्द्रमान खत्रीले पुस्तकले समेटेका विषयबारे समीक्षा प्रस्तुत गरे । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कृष्णबहादुरको योगदानको चर्चा गरे । उनले कृष्णबहादुरसँग भएको सहयात्रा स्मरण गर्दै धेरै योद्धा, नेता, कार्यकर्ताको योगदानको जगमा कांग्रेस निर्माण भएको जनाए ।

Advertisement


कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, पूर्वप्रतिनिधि सभा सदस्य लालकाजी गुरुङ, बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, विन्ध्यवासिनी संस्कृत क्याम्पस प्रमुख जगन्नाथ रेग्मी, कांग्रेस पोखरा १५ का सचिव प्रितम गुरुङ, कांग्रेस १५ का उपसभापति केमबहादुर गुरुङ र जोशी परिवारको तर्फबाट निर्मलकुमार जोशीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया