दसैंपछि ७२ हजार पर्यटक पुगे मुस्ताङ

सुन्दरकुमार थकाली २०८० कार्तिक १७ गते १६:५९
मुस्ताङमा पर्यटकीय चहल/पहल बढ्यो । तस्विरः सुन्दरकुमार थकाली ।

जोमसोम— मुस्ताङका अधिकांश होटल तथा रेष्टुरेन्टहरु दशैपछि पर्यटकले भरिभराउ छन् । सरद ऋतुको अनुकुल यामसँगै चाडपर्वको छेको पारेर मुस्ताङ आउने आन्तरिक पर्यटकको भीडभाडले यहाँका पर्यटन व्यवसायीमा उत्साहको रौनक छाएको छ । दशै—तिहार पर्वमा विशेष गरी युवायुवतीहरु बढी मात्रामा मुस्ताङ घुम्न आउने गरेको पाइएको छ ।


पछिल्लो समय नेपालीहरु आन्तरिक पर्यटकीय घुमघाममा समेत रमाउने प्रचलन बढेको छ । हिमाली जिल्ला मुस्ताङको सौन्दर्यता नजिकबाट नियाल्न र यहाँको भौगोलिक, सांस्कृतिक र सामाजिक सम्यतासँग रम्नका लागि आन्तरिक पर्यटकको रोजाई मुस्ताङ हुने गरेको हो ।


धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ क्षेत्र स्वदेश तथा विदेशमा समेत निकै प्रख्यात छ । मुक्तिनाथ दर्शन र कागबेनीमा पीण्डदान दिन श्रद्धालुहरुको यहाँका निकै ठुलो घुँइचो लाग्छ । यद्यपी अहिले चाडपर्वको छेकोमा आएका युवापंक्ति नाथ दर्शन एक गर्ने एक बहाना भएपनि उनीहरुको मुख्य उद्देश्य भनेको यहाँका पृथक प्रकार भूगोल अवलोकन र यहाँका अर्गानिक स्थानीय उत्पादनबाट बनेका विभिन्न खानाका परिकारको बेग्लै मज्जा लिनु हो । धेरैजसो युवायुवतीहरु मोटरसाईकलको यात्रा तय गर्दै मुस्ताङ आईपुगेका हुन्छन् । यसरी मुस्ताङ आईपुगेका पर्यटक कोरलानाका, लोमान्थाङ दरबार र छोसेर गुफा हेरेर फर्किन्छन् ।

Advertisement


तल्लो मुस्ताङमा पनि ढुम्बाताल निकै चर्चित छ । यहाँ नेपाली तथा विदेश चलचित्रको छायांकन हब समेत भएकाले मुक्तिनाथ दर्शन र कोरला पुगेर फर्किएका पर्यटक यहाँ नपुगी छाड्दैन । सडक सहज भएकाले मुस्ताङका पर्यटकीय गन्तब्य अवलोकन गर्न कुनै कठिनाईन नपर्ने भएकाले पनि मुस्ताङ जिल्ला अरु जिल्ला भन्दा विशेष छ । गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धनमा समेत मुस्ताङ जिल्लाले पू¥याएको योगदान उक्तिकै रहन्छ ।


यसवर्ष पनि विगतको तुलनामा बढी मात्रामा आन्तरिक पर्यटकले मुस्ताङ भ्रमण गरेको पाईएको छ । दशैंपछिको दुई सातामा मुस्ताङमा ७२ हजार २२५ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ । मुस्ताङका प्रहरी प्रमुख प्रनाउ भोजराज पाण्डेका अनुसार दशैंपछिको पन्ध्रदिनको अवधिमा कुल संख्याको ८० प्रतिशत आन्तरिक, १५ प्रतिशत भारतीय र ५ प्रतिशत तेश्रो मुलुकका विदेश पर्यटक मुस्ताङ भित्रिएका हुन् । यसैगरी पोखरा—जोमसोम हवाई मार्ग हुँदै १५ दिनको फेरोमा करिव ३५ सय जना पर्यटक मुस्ताङ आएको प्रनाउ पाण्डेले बताए ।

Advertisement


दशैं—तिहार छेकोमा बेनी —जोमसोम सडकमार्ग हुँदै १५ दिनको अवधिमा ९ हजार ११२ वटा सवारी साधन मुस्ताङ भित्रिएको मुस्ताङका प्रहरी प्रमुख पाण्डेले उल्लेख गरे । उनका अनुसार मोटरसाईकल ४ हजार ६७५ वटा, यात्रुबाहक बस ४०२, जीपकार ३ हजार ९५० र सरकारी गाडी ८५ वटा म्याग्दी हुँदै मुस्ताङ प्रवेश गरेका हुन् ।


धार्मिक स्थल मुस्ताङमा सन् २०१८ आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेकाले पनि मुक्तिनाथ क्षेत्र भारतीय पर्यटकका लागि पावन स्थल बनेको हो । यसैवर्ष अमेरिकन समचार संस्था सीएनएनले सन् २०२३ मा मुस्ताङलाई घुम्नै पर्ने सूचिमा सुचिकृत गरेसंगै मुस्ताङको पर्यटकीय चर्चा चुलिएको हो । मुक्तिनाथ स्थित होटल रोयल मुस्ताङका प्रोपाईटर विजय थकालीले दशैं पर्वदेखि मुस्ताङमा पर्यटक आगमनले थेगिनसक्नु भएको बताए । उनले चाडपर्वको बेला मुस्ताङ घुम्न आउँदा होटलको अंग्रिम बुकिङ गरेर मात्र आउन सुझाए ।


कोरोना कहरले आहत बनेको मुस्ताङका पर्यटन व्यवसाय लयमा फर्किसकेकाले यहाँका पर्यटन व्यवसायीलाई आशाको संञ्चार पलाएको थकालीले सुनाए । मुस्ताङमा औसत बर्सेनि ६० हजार विदेश पर्यटक र ५ लाख बढी आन्तरिक पर्यटकले भ्रमण गर्ने गथ्र्ये । यसवर्ष विगतको रेकर्डलाई ब्रेक गर्ने अनुमान मुस्ताङका पर्यटन व्यवसायीहरुको अनुमान छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया