रामबाबुलाई पुरस्कार

समाधान संवाददाता २०८० कार्तिक १९ गते ११:३३

पोखरा ।
महाकाव्यकार माधव वियोगीको नाममा स्थापित माधव वियोगी साहित्य पुरस्कार २०८० बाट साहित्यकार रामबाबु सुवेदी सम्मानित हुने भएका छन् । माधव वियोगी वाङ्मय प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि २५ हजार र सम्मानपत्र छ ।


नेपाली साहित्यको श्रीवृद्धिका लागि विशेष गरी छन्दोवद्ध कविता र बाल साहित्यको विकासमा दीर्घ साधनारत सुवेदीलाई सो पुरस्काका लागि छनोट गरिएको प्रतिष्ठानका सचिव छन्दमणि त्रिपाठीले जानकारी दिए ।


प्रतिष्ठानका उपाध्यक्ष नवराज बरालको अध्यक्षतामा शनिबार बसेको बैठकले यो निर्णय गरेको हो । आगामी मंसिर ३ गते पोखरामा हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिनेछ । गत वर्ष सो पुरस्कार पहिलोपल्ट साहित्यकार मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया