भूकम्प प्रभावितका लागि २ लाख दिने घरपझोङ गाउँपालिकाको घोषणा

समाधान संवाददाता २०८० कार्तिक १९ गते १८:१४

जोमसोम—हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले भूकम्प पीडित राहत कोषका लागि २ लाख दिने घोषणा गरेको छ । आईतबार पालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा बसेको गाउँकार्यपालिकाको २३ औं बैठकले जाजरकोट र रुकुम पश्चिम भूकम्प प्रभावितलाई २ लाख दिने निर्णय गरेको हो ।
शुक्रबार मध्यराती जाजरकोट केन्द्र बिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भुकम्प जाँदा त्यस क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो ।
गाउँकार्यपालिकाको बैठकमा अध्यक्ष लालचनले विपद्को सामना र विपद्मा परेकाहरुको उद्दार,राहतका लागि सबैले क्षमता अनुसारको सामुहिक सहयोग गर्नुपर्ने बताए । ‘अहिले जाजरकोट र रुकुम पञ्चिम शोकमा छ, उनीहरुलाई राहत,व्यवस्थापन र उपचारको खाँचो छ ,अध्यक्ष लालचनले भने,‘ हामीले पनि यो विपद्को राष्ट्रिय घडीमा एकतावद्ध हुँदै राहत कोषमा २ लाख दिने निर्णय गरेका हौं ।सबैको सहयोग भूकम्प पीडितलाई अहिलेको आवश्यकता हो ।’

तपाईको प्रतिक्रिया