अमर साहित्य समाज गठन

समाधान संवाददाता २०८० कार्तिक २० गते ११:४७

पोखरा ।
पोखरामा आइतबार भएको वाङ्मयप्रेमीहरुको भेलाले अमर साहित्य समाज गठन गरेको छ । प्राडा यामबहादुर पौडेल क्षेत्रीको संयोजकत्वमा बनेको तदर्थ समितिमा सचिव शिवप्रसाद गौतम र कोषाध्यक्ष मीना अधिकारी क्षेत्री छन् ।


समाजका सदस्यमा कृष्णमाया पराजुली, रेवती पौडेल, विष्णुप्रसाद शर्मा र शिवप्रसाद तिमिल्सिना छन् । भेलाले प्राडा कृष्ण केसीको संयोजकत्वमा प्राडा बुद्धिबहादुर थापा र डा कालु शर्मा सदस्य रहेको सल्लाहकार समिति समेत बनाएको छ ।


भेलाले संस्था दर्ता ऐन २०३४ अनुसार सम्बन्धित प्रशासनिक कार्यालय कास्की पोखरामा दर्ता गर्न विधान तयार गर्ने निर्णयसमेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया