परोपकार सहकारी २३ वर्षमा

समाधान संवाददाता २०८० कार्तिक २० गते १३:२६

पोखरा ।
परोपकार बचत तथा ऋण सहकारीको २२ औं वार्षिक साधारणसभा शनिबार भएको छ । कार्यक्रममा पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले सहकारी संस्थाहरुले बचतमा ध्यान दिनुपर्ने औंल्याए । बचत संस्थाको मुटु भएकाले हरेक सेयर सदस्यलाई अनिवार्य बचत गर्न सुझाव दिए ।


सभामा पोखरा महानगर सहकारी समितिका सदस्य दीपक आचार्य, पोखरा महानगर सहकारी संघका अध्यक्ष लीलाधर बराल, पोखरा महानगरपालिका वडा नं. ८ का सदस्य पवित्रा केसी, जनप्रिय वहुमुखी क्याम्पसका अध्यक्ष वीरेन्द्रनायारण बिजुक्छे, संस्थापक अध्यक्ष श्रीराम बराल, सल्लाहकारहरु विष्णुप्रसाद बराल, डा. श्रीकान्त शर्मा खतिवडा, संस्थाका सेयर सदस्य परशुराम बराल, भरतराज चालिसे, शारदा गिरी, कल्पना रेग्मी, उपाध्यक्ष गीता गौतम पौडेल, सचिव वसन्तराज चालिसे लगायतले बोलेका थिए ।


कार्यक्रममा सहकारीका अध्यक्ष सोमनाथ बरालको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया