तास खेल्ने पक्राउ

समाधान संवाददाता २०८० कार्तिक २० गते १४:०१

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ४ मानव अधिकार चोकस्थित यमबहादुर गुरुङले सञ्चालन गरेको प्रिन्सीका किराना पसलमा तास खेलिरहेका ५ जनालाई कास्की प्रहरीले ४७ हजार रुपैयाँसहित पक्रेको छ । पसल सञ्चालक पोखरा १५ रामबजार बस्ने वर्ष ३२ वर्षे यमबहादुर गुरुङ, फूलबारी बस्ने ३५ वर्षे भोजबहादुर गुरुङ, रामबजार बस्ने ३२ वर्षे गुमान गुरुङ, बगर बस्ने ४८ वर्षे ज्योतिन्द्र विक, फलेपाटन बस्ने ५० वर्षे बमबहादुर पुन, घारीपाटन बस्ने ४० वर्षीया शान्ति गुरुङ पक्राउ परेकी हुन् । शनिबार पक्राउ परेका उनीहरुलाई जुवातास सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले लिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया