कार्तिक २७ गतेदेखि कोरलानाका बाह्रै महिना खुल्ला हुने

समाधान संवाददाता २०८० कार्तिक २१ गते १२:०४

मुस्ताङ—(नेपाल—चीन) कोरलानाका कार्तिक २७ गते अर्थात नोभेम्बर २३ तारिखदेखि खुल्ला हुने बताईएको छ ।योसंगै लगातार ४ वर्षदेखि बन्द रहेको उत्तरी कोरलानाका आउँदो सोमबारदेखि खुल्ला हुँने भएको हो ।
प्रधानमन्त्री पुस्पकमला दाहाल (प्रचण्ड)को चीन भ्रमणपछि चीनतर्फ अवरुद्ध रहेका नाका खोल्न पहल भएको थियो । यही मार्ग अन्तर्गत नेपाल—चीन उत्तरी कोरलानाका औपाचारिक रुपले खुल्ला गर्ने तयारी भईरहेको हो ।यसका लागि चीन पक्षले सीमावर्ती क्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्डका स्थानीय ब्यापारी तथा सर्वसाधारणलाई आमन्त्रण गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । यसरी नाका खुल्ला गर्ने सुरुवाती चरणको पहिलो पटक जाँदा बोर्डर पाससहित सक्कल नागरिकताको प्रमाणपत्र समेत लिएर आउन चीन पक्षले सूचित गरेको अध्यक्ष बिष्टको भनाई छ । ‘चीन पक्षले नाका प्रवेश गर्नेहरुको विस्तृत तथ्यांक विवरण संकलन गर्न बोर्डर पाससहित नागरिकता बोकेर आउन आग्रह गरेको छ, अध्यक्ष बिष्टले भने,‘त्यसपछि विवरण ईन्ट्री भईसकेपछि बोर्डर पास मात्र देखाए पुग्छ ।’
चीन पक्षले कोरलानाका खोल्ने निर्णय गरेसंगै कार्तिक २७ गते दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । उद्घाटन कार्यक्रममा चीन पक्षबाट विशिष्ट व्यक्तिहरुको सहभागीता रहने उनले बताए । कोभिडपछि लामो समय बन्द रहेको कोरलानाका खुल्ला भएपछि स्थानीय ब्यापारी,सर्वसाधारण र नेपाल सरकारलाई समेत व्यापारिक कारोवार र राजश्व संकलनमा टेवा पुग्ने अनुमान गरिएको छ ।
नेपाल—चीन उत्तरी कोरलानाकाको बोर्डर पास अनुमति पत्रका लागि मुस्ताङ प्रशासनले पहिलो चरणमा ९८० जनालाई बोर्डर पास वितरण गरेको थियो । योसंख्या उपल्लो मुस्ताङको एक तिहाईले बोर्डर पास बनाएका हुन् ।
नेपाल÷चीन कोरलानाकाको बार्डर खुल्ला गर्न नेपाल पक्ष र चीन पक्षको अघिल्लो हप्ता तिब्बतको ढुङ्वासेनमा वार्ता भएको थियो ।सोही बेला नाका खुल्ला गर्ने तिथिमिति तय गरिएको थियो । चीन पक्षले सोही बेला नेपाल पक्षलाई कही उपहार सहयोग समेत गरेको थियो ।उक्त सामाग्री सुरक्षा निकायसंग संम्वन्धित छन् ।
कोभिड तथा सुरक्षाका कारण चीनले बन्द गरेको उत्तरी कोरलानाका अब बाह्रै महिना खुल्ला हुनेछ ।यो उपल्लो मुस्ताङका दुई गाउँपालिकाको हकमा मात्र कार्यान्वयन हुँनेछ । यसअघि बर्सेनि कोरलानाकाको तिब्बती भूमीमा चीन पक्षले अल्पकमलिन ब्यापार मेला संञ्चालन गर्ने गथ्र्यो । बर्सेनि असार र भदौ महिनामा तिब्बती भूमीमा किनमेलको हाट बजार लाग्थ्यो । सो बेला नेचुङ भन्सारले बर्सेनि १५ लाखसम्म राजश्व संकलन गथ्र्यो । नेपाल—चीन कोरलानाका बाह्रै महिना खुल्ला हुने भएपछि उपल्लो मुस्ताङीमा खुसीयाली छाएको छ ।
चीन पक्षले कोरला क्षेत्रमा न १ हजार भन्दा बढी पसल संञ्चालन गर्न मिल्ने गरी पूर्वधार तयार गरिसकेको छ भने नेपाल—चीन व्यापारिक मार्गको दीर्घकालिन नाका संञ्चालन गर्न सुख्खाबन्दरगाह समेत निर्माण गरिसकेको छ । कोरलानाकामा चीनले ठुला ठुला भौतिक संरचना निर्माण गरिसकेको छ भने नेपालतर्फको तयारी शून्य जस्तै छ ।
नेपाल—चीन नाका खुल्ला गर्न प्रधानमन्त्री पुस्पकमल दाहालले ठुलो पहल गरेको नेकपा मााओवादी केन्द्र मुस्ताङका ईञ्चार्ज कपिल लामाले उल्लेख गरे । उनले नाका खुलेसंगै सीमावर्ती क्षेत्रका बासिन्दाको जीवन स्तर उकास्नले र आधारभूत आवश्यक परिपूर्ती हुँदे विश्वाश व्यक्त गरे ।
कोभिड अघि उपल्लो मुस्ताङीहरुले चीनको तिब्बती अल्पकालिन ब्यापार मेलाबाट खाद्यान्न,निर्माण सामाग्री,लत्ताकपडा,कृषि उपकरण,ईलेक्ट्रोनिक सामानका साथै भेडा च्यांग्रा आयात गरिन्थ्यो । नेपालबाट भने यार्सा गुम्बा, पस्मिना,स्थानीय कृषि उपज सामाग्री निर्यात हुन्थ्यो ।

तपाईको प्रतिक्रिया