भाइटीका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता

समाधान संवाददाता २०८० कार्तिक २२ गते १२:२८

काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले चलचित्र मार्फत दाजु–बहिनी, दिदी–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समूहले भाग लिन सक्छन् ।


यस प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैले दिदी–भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडियो अर्थात चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्छ ।


सहभागीहरुले दिदी–भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन् । प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समुहले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार नगद र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

Advertisement


‘हामी उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । विभिन्न समुह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतीमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ । अझै राम्रो पाटो भनेको हामी सधै अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिईरहेका हुन्छौं,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया