मुस्ताङमा सेनाको विपद् डेमो,जनसहभागीता न्यून

समाधान संवाददाता २०८० कार्तिक २२ गते १६:१६

जोमसोम—हिमाली जिल्ला मुस्ताङको जोमसोममा नेपाली सेनाले सामुदायिक विपद् प्रतिकार्य तालिम तथा कृतिम अभ्यास गरिएको छ । विपद् डेमोमा जनसहभागीता भने न्यून रहेको छ ।
जोमसोम स्थित नारायण दल गणको संयोजकत्वमा जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा नेपाली सेनाका जवानहरुले विपद् प्रतिकार्य तथा कृतिम अभ्यास गरेका हुन् ।
मुस्ताङ जिल्लामा घट्न सक्ने संम्भावित घटनाहरुको न्यूनिकरण,उद्दार र मानवीय सहयोग पू¥याउन नेपाली सेनाले कृतिम अभ्यास (डेमो) गरेको हो । सेनाले संघीय तथा प्रादेशिक सरकारको वार्षिक नीति तथा कार्यक्रम र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला स्थित स्थानीय निकायका जनप्रतिनिधि,कर्मचारी,रेडक्रस,संघसंस्था,नागरिक समाज,विद्यार्थी,पत्रकार र सरोकारवाला निकायहरुको रोहबरमा विपद् प्रतिकार्य डेमो प्रस्तुत गरेको हो ।
सेनाको विपद् प्रतिकार्य कृतिम अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्दार,मानवीय सहायता लगायतका विषयमा केन्द्रित गरिएको थियो । जिल्ला स्थित संम्पूर्ण सरोकारवालाहरुको उपस्थितीमा देखाएको विपद् प्रतिकार्य नाटकले संम्भावित विपद्का घटनाहरुको व्यवस्थापनमा टेवा पुग्ने विश्वास गरिएको छ । विपद् प्रतिकार्य तालिम तथा अभ्यासमा दुई वटा घटनालाई आधार बनाएर सेनाले (डेमो) देखाएको नारायण दल गणका प्रमुख सेनानी लेखनाथ कटुवालले जानकारी दिए । तालिममा विपद् प्रतिकार्य तथा यसमा प्रयोग हुने सामाग्रीहरुको समेत प्रर्दशनी गरिएको उनले बताए । उनका अनुसार विपद् जोखिम न्यूनिकरणका लागि विगतमा घटेका घटनाहरुको अध्ययन,विश्लेषण गरी यसप्रकारका घटनाहरुको पहिचान गर्न सहज हुने हेतुले सेनाले बर्सेनि कार्यक्रम गर्दैआईरहेको प्रमुख सेनानी कटुवालले उल्लेख गरे ।

सेनाको विपद् जोखिम न्यूनिकरण अभ्यास तालिममा फायर फाईटिंङ र रिभर क्रसिङ गरी दुई वटा ईभेन्टको (डेमो) प्रर्दशन गरिएको थियो । फायर फाईटिङतर्फ ग्याँस लिक भएर घरमा आगोलागि भएपछिको हाताहाती र उद्दारका लागि सुरक्षाकर्मीहरुको उपस्थिती सहयोग नाटकमाजोडिएको थियो । यसैगरी रिभर क्रसिङतर्फ बाढीले बगाएर नदी किनारामा घाईते भएकी महिलालाई रिभर क्रसिंङ माध्यमबाट हाईलाईन रेस्क्यु गरेर अस्पताल पू¥याईएको घटनालाई नाटकीय रुपमा प्रस्तुत गरिएको थियो ।
सेनाकोसामुदायिक विपद् प्रतिकार्य तथा कृतिम अभ्यासमा ब्यापक जनसहभागी आवश्यक भएमात्र कार्यक्रमले सार्थकता पाउँने जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङले जानकारी दिए । उनले हिमाली जिल्ला मुस्ताङ हिमपहिरो,आगलागी,बाढिपहिरो आदीका कारण उच्च जोखिममा रहेकाले त्यसको पूर्व सावधानी र विपद् प्रतिकार्यमा भूमिका खेल्न यसप्रकारका कार्यक्रम फलदायी हुने बताईन् ।
जलवायु परिवर्तनका कारण हिमाली जिल्लाहरु उच्चप्राकृतिक जोखिममा रहेको र त्यसका घटनाहरु प्रत्यक्ष अप्रत्यक्ष भोग्नु पर्ने अवस्था रहेको नेपाल रेडक्रस सोसाईटी मुस्ताङ शाखाका सभापति चन्द्रबहादुर थकालीले उल्लेख गरे । उनले विपद् प्रतिकार्यका लागि नेपाली सेनासहितको सुरक्षा निकायले खेल्दै आईरहेको भूमिका सह्रानीय रहेको र संम्भावित विपद्का घटनामा यस्तो तालिमले ठुलो सहयोग पुग्ने उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया