पोखरामा एटीएम फोडेर पैसा चोर्न खोज्ने पक्राउ

समाधान संवाददाता २०८० कार्तिक २२ गते १७:४२

पोखरा ।

पोखरा ८ सभागृहमा रहेको नविल बैंकको एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्ने एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत घर भइ पोखरा बस्दै आएका बबि ठाकुर बुधबार पक्राउ परेका हुन् ।

मेसिनको ढोकाको लक खोलेर मेसिन फोड गर्दै गरेको अवस्थामा उनलाई बैदाम प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी पोखरा नयाँ बजारमा सैलुन पसल चलाएर बसेका छन् ।

Advertisement

उनको साथबाट रड, पेचकस, कैंची लगायत बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया