लम्साल, लेकाली र ठकुरीलाई पुरस्कार

समाधान संवाददाता २०८० कार्तिक २३ गते १३:५७

पोखरा ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिने भएको छ । प्रतिष्ठानले यस वर्षको उक्त पुरस्कार डा लम्साललाई अर्पण गर्ने मंगलबार निर्णय गरेको हो ।


प्रतिष्ठानले हरेक वर्ष स्थापना दिवसको सन्दर्भ पारेर सो पुरस्कार प्राप्त गर्ने स्रष्टाको नाम घोषणा गर्ने गरेको छ । क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कारको राशि २५ हजार छ । संस्थाको नियमित बैठकमा यस वर्ष प्रदान गरिने पुरस्कार र पुरष्कृत स्रष्टाको नाम पुरस्कार छनोट समितिले संस्थालाई उपलब्ध गराएको संस्थाका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

Advertisement


गीतल राष्ट्रिय पुरस्कार–२०८०, तिला लेकाली (मोरङ) लाई प्रदान गर्ने निर्णय गरिएको छ । यो पुरस्कारको राशि १० हजार छ । गीतल प्रतिभा पुरस्कार २०८० शोभासिंह ठकुरी (तनहुँ) लाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि ५ हजार छ ।


मञ्चले विगत छ वर्षदेखि विभिन्न व्यक्तिलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ । क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार भने गत वर्षदेखि प्रदान गर्न थालिएको थियो । पहिलो वर्ष उक्त पुरस्कार वरिष्ठ साहित्यकार डा रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया