मुस्ताङमा एउँटै खोरको एक सय च्यांग्रा हिमचितुवाले मा¥यो

समाधान संवाददाता २०८० कार्तिक २५ गते १०:१६

जोमसोम—मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा—२ को ढाक्मर गाउँमा हिमचितुवाले आक्रमण गरी एक सय भन्दा बढी च्यांग्रामा क्षति पू¥याएको छ ।गएराति ढाक्मर गाउँ भित्रकै च्यांग्रा खोरमा ४ वटा हिमचितुवा खोरमै पसेर च्यांग्राहरु मारेको बताईएको छ ।
लोघेकर दामोदरकुण्ड—२ ढाक्मरका स्थानीय पशुपालक किसान मिङ्मार गुरुङले पालन गरेको च्यांग्रा खोरमा हिमचितुवाले विभत्स रुपमा च्यांग्राहरु मारेको ढाक्मरका स्थानीय छिरिङ गुरुङले जानकारी दिए । शुक्रबार राति ४ वटा हिमचितुवा मिङ्मार गुरुङको खोरमा पसेर करिव ३० लाख मुल्य बराबरको च्यांग्रा क्षति बनाएको स्थानीय गुरुङले अनुमान गरे ।
हिमचितुवा खोरमा पसेर ठुलो संख्यामा च्यांग्रा मारेपछि स्थानीय पशुपालक किसान मिङ्मार गुरुङ अहिले चिन्तामा छन् । उनको गाउँ भित्रको खोरमा तारबारसहितको च्यांग्रा हुल्ने गोठ थियो । तर, तारबार सहितको खोर नाघेर हिमचितुवा च्यांग्राहरु मारेर छाडेको हो ।
च्यांंग्रा खोरमा पसेर केही च्यांग्राको आन्द्राभुडी निकालेर छोडेको छ भने केहीको रगत खाएर मारेको देखिन्छ । मुस्ताङमा हिमचितुवा र मानवबीचको निरन्तर द्धन्द रहेपनि यो अहिल्यै सम्मकै ठुला पशु क्षति हो । ढाक्मरमा हिमचितुवाले च्यांग्रा खोरमा क्षति पू¥याएपछि लोघेकर दामोदरकुण्ड—१ चराङबाट प्रहरीको टोली घटनास्थलमा जाँदै गरेको छ । ढाक्मरका स्थानीयले स्थानीय जनप्रतिनिधि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप (लोमान्थाङं)लाई खबर गरेको छ । एक्याप र जनप्रतिनिधि टोली पनि ढाक्मर तर्फ आउँदै गरेको स्थानीय छिरिङ गुरुङले जानकारी दिए । हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो । मुस्ताङमा हिमचितुवाको एकिन तथ्यांक छैन ।
स्थानीय छिरिङ गुरुङका अनुसार ढाक्मर गाउँको पश्चिमतर्फको ठुलो रातो पहाडको ओढारहरु हिमचितुवा लुकेर बसेको बताए । उनले त्यहाँ ४ वटा भन्दा बढी हिमचितुवा हुनसक्ने अनमुान गरे । स्थानीय मिङ्मार गुरुङले हिमचितुवाको भिडियो समेत मोवाईलमा कैंद गरेका छन् । स—साना छिद्र प्वालहरु रहेको अग्लो ढाक्मर पहाडको गुफामा हिमचितुवाको वासस्थान हुन सक्ने उनले अड्कल गरे ।

मुस्ताङमा परम्रागत रुपमा याकचौरी र भेडाच्यांग्रा पालन गरिने गरिन्छ ।गतवर्षसम्म मुस्ताङका ५ स्थानीय तहमा वन्यजन्तुको आक्रमणबाट १९ घरधुरीका ६५ पशुधनमा क्षति पुगेको थियो । एक्यापले नेपाल सरकारले कार्यान्वयनमा ल्याएको वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०८० अनुसार संम्वन्धि निकायहरुको अनुगमन र मूल्याङ्कन गरी राहत दिने गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया