आँबुखैरेनीबाट सयपत्री कतार निर्यात

समाधान संवाददाता २०८० मंसिर १ गते ११:२५

तनहुँ ।
जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पहिलोपटक दोहाको कतारमा सयपत्री फूल निर्यात भएको छ । आँबुखैरेनी १ स्थित याञ्चोक आमा समूह र आँधीमूल आमा समूहले उत्पादन गरेका सयपत्री कतार निर्यात गरिएको हो ।


व्यावसायिक फूलखेती थालेसँगै बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिइन् । सधैँ चुल्हो र चौकामा मात्र सीमित हुने यहाँका महिला पछिल्ला समय आयआर्जनतर्फ उन्मुख भएका अध्यक्ष आलेमगरले बताइन् ।


उत्पादनसँगै महिलाहरुलाई आयआर्जनमा जोड्न गाउँपालिका कार्यालयले फूलका बीउ अनुदानदेखि प्राविधिक सहयोगसम्म गर्दै आएको छ । दुवै आमा समूहले २१ रोपनी क्षेत्रफलमा लगाएको ३० हजार बोटबाट उत्पादित ८५ किलो फूल कतार निर्यात गरेका गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए ।

Advertisement


प्रतिकिलो ५ सय ५० रुपयाँ का दरले फूल निर्यात गरिएको हो । दोहाको रिजेन्सी मार्केटस्थित सुदान फ्लावरले नेपालबाट फूल लगेको त्यसका सञ्चालक कविन्द्र कँडेलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया