पोखरामा विद्युतीय गाडी सेरेस–३ को डेलिभरी

समाधान संवाददाता २०८० मंसिर १ गते १३:०५

पोखरा ।
विद्युतीय गाडी सेरेस–३ को डेलिभरी पोखरामा सुरु भएको छ । सेरेसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता थापा मोटर्सले गाडी बुकिङ गर्ने ग्राहकलाई डेलिभरी दिन सुरु गरेको हो । तिहारअघि नै १० जना ग्राहकले सेरेस गाडी गुडाउन पाउने गरी डेलिभरी सुरु गरिएको थियो ।


थापा मोटर्सका राज बजिमयले उक्त इलेक्ट्रिक कारले पोखरा क्षेत्रका उत्साहजनक प्रतिक्रिया पाइरहेको बताए । ‘ग्राहकबाट प्राप्त प्रक्रियाबाट हामी उत्साही छौं,’ उनले भने, ‘यो गाडी विद्युतीय सवारीमध्येमा पहिलो रोजाइमा पर्नेमा हामी विश्वस्त छौं ।’
सेरेसका लागि नेपालको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प हो ।

कम्पनीका अनुसार पर्यावरणमैत्री डिजाइन, बलियो निर्माण गुणस्तर र प्रभावशाली दायराको साथ सेरेस–३ ले दिगो यातायातको क्षेत्रमा महत्वपूर्ण छलाङ प्रदान गरेको छ ।

Advertisement


सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । यसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धतासमेत देखाएको छ ।


नेपालमा सेरेसले सेरेस–३ र सेरेस मिनी इभी गरी दुइटा मोडलहरू उपलब्ध गराए को छ । जसमध्ये सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । मिनी इभी तीनवटा भेरिएन्टमा बिक्री हुँदै आएको छ ।

Advertisement


सेरेस–३ कम्पफर्टको मूल्य ४९ लाख ९९ हजार र प्रिमियमको ५२ लाख ९९ हजार निर्धारण गरिएको छ । मिनी इभीको लो ट्रिमलाई १३ लाख ९९ हजार, मिड ट्रिमको १६ लाख ४९ हजार र टप ट्रिमको १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया