जन्मदिनमा कृति सार्वजनिक

समाधान संवाददाता २०८० मंसिर ३ गते १२:३५

पोखरा ।
मुक्तककार तीर्थराज अधिकारीले आफ्नो पछिल्लो कृति सार्वजनिक गरेर जन्मदिन मनाएका छन् । लमजुङको देउतापानीमा जन्मेर पोखरालाई कर्म थलो बनाउँदै आएका अधिकारी केही समयका लागि हाल अमेरिका बसाइमा छन् ।


अमेरिकाको बसाइँबाटै उनले पछिल्लो कृति ‘यो कसको हात हो’ को दोस्रो संस्करण सार्वजनिक गरेर जन्मदिन मनाएका हुन् । जुन कृतिको पहिलो संस्करण १० वर्ष अघि प्रकाशित थियो ।


२०३२ सालदेखि नेपाल सरकारको अधिकृतस्तरमा कार्यरत रही २०६१ सालबाट सेवा निवृत्त अधिकारीका जूनकीरी (२०५३), ऐना (२०५७), तीन लय तेह्र गीत (२०६०), झटारो (२०७०), यो कसको हात हो (२०७०), बिरिमफूल (२०७३), जूनका टुक्राहरु (२०७७), दोभान (२०७८), लमजुङको सम्झना (२०७१), माया (२०७४), पहिलो चोटि (२०७९), सुसेली (२०८०) लगायत कविता, मुक्तक, गीत, गजलका कृति प्रकाशित छन् ।

Advertisement


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिका बोर्ड अफ ट्रस्टी सल्लाहकारसमेत रहेका अधिकारी प्रवल गोरखा दक्षिणबाहु, राष्ट्रपतिद्वारा कदर, मुक्तकणि सम्मान, वेष्ट लिरिसिस म्युजिक अवार्ड लगायत विभिन्न सम्मान, पुरस्कार र विभूषणबाट विभूषित छन् । उनले नेपाली वाङ्मयको श्रीवृद्धिमा पुर्‍याएको ५० वर्षको योगदानको कदर गर्दै अनेसास केन्द्रीय समितिद्वारा ‘साधनाको स्वर्ण वर्षः मुक्तककार तीर्थराज अधिकारी’ कृतिसमेत प्रकाशित छ ।

Advertisement

तपाईको प्रतिक्रिया