लागूऔषध दुव्र्यसनीमा २५ वर्षमुनिका

समाधान संवाददाता २०८० मंसिर ६ गते ११:११

पोखरा ।
दसैं र तिहारका बेला अक्सर चोरी बढ्ने हुँदा प्रहरीको ध्यान त्यतै हुन्छ । यसपालिका यी चाडका बेला भने प्रहरीले लागुऔषध प्रयोगकर्तालाई फेला पार्‍यो । चाडपर्वका बेला प्रहरी कार्यालयले विशेष अभियान नै सञ्चालन नै गरेर लागूऔषध प्रयोगकर्ता र यसका व्यापारीहरुलाई नियन्त्रणमा लियो ।


कास्की प्रहरीका सूचना अधिकृत तथा डिएसपी श्रवणकुमार विकका अनुसार चाडपर्वका बेलामात्र ४ वटा समूहलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको छ । पक्राउ पर्नेमा प्रयोगकर्ता र लागूऔषध कारोबारी हुन् । ‘चाडपर्वका बेला प्रहरीले जिल्लामा सुरक्षाका दिन कुरालाई विशेष तरिकाले नै हेरिरहेको थियो । त्यो अभियान अन्तर्गत नै नियन्त्रणमा लिएका हौं,’ डिएसपी विकले भने, ‘समाजमा दुव्र्यसनी बढेको भनेर जनगुनासो पनि बढ्दो थियो । गोप्य सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका हौं ।’


डिएसपी विकका अनुसार मंसिर ३ गतेमात्र लागूऔषध ब्यूरो र कार्यालयबाट खटिएको टोलीले ३ जनालाई नियन्त्रणमा लिएको छ । उदयपुर स्थायी घर भई हाल पोखरा ५ फिर्के बस्ने २३ वर्षीय जीवन विकलाई नियन्त्रणमा लिएको छ । पोखरा ८ आलुमाइला चोकस्थित सडकमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएर तलासी गर्दा ५ चक्की नाइट्राभ्याट भेटिएको थियो ।

Advertisement

दसैं र तिहारका बेला लागूऔषध प्रयोक्ता र कारोबारीका ४ समूह पक्राउ

उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा पोखरा ८ कुँवरटोल बस्ने २३ वर्षीय प्रवीण पौडेल र पोखरा ९ न्युरोड बस्ने २२ वर्षीय कुशलविक्रम खाँण ठकुरीबाट पनि लागूऔषध बरामद गरिएको थियो । उनीहरुको साथबाट क्रमश ५ सय ७ चक्की नाइट्राभ्याट र ३ सय चक्की नाइट्रोभ्याट फेला परिएको डिएसपी तिवारीले बताए । तीनजनालाई नै नियन्त्रणमा लिएर कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी विकले बताए ।

Advertisement


प्रहरीले कात्तिक १९ गते पनि गोप्य सूचनाका आधारमा तीन जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ । पोखरा २१ कस्यारघाटस्थितमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा पोखरा १७ दोबिल्ला बस्ने २१ वर्षीय कौशल पुनमगर, पोखरा १३ बाँझपाटन बस्ने २१ वर्षीय प्रशान्त गुरुङ र पोखरा २१ का अनिस सुनारलाई १२ ग्राम ४० मिलिग्रामसहित पक्राउ गरिएको हो । उनीहरुलाई पनि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको डिएसपी विकले बताए ।


कात्तिक १४ गते वडा कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले जिल्ला स्याङ्जा वालिङ ५ स्थायी घर भएका भई पोखरा ७ माछापुच्छ«े मार्ग बस्ने २३ वर्षीय किशोर गुरुङलाई नियन्त्रणमा लिएको थियो । उनको कोठा तलासी गर्दा नाइट्रोभ्याट १ सय ५६ वटा पत्ता भित्र ९२३४० चक्की भिटिएको हो । उनलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएपी विकले बताए ।


असोज २९ गते वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सर्लाही ईश्वरपुर नगरपालिका १ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा ६ लेकसाइड डिहिकोपाटन बस्ने २८ वर्षीय सविन चौधरीलाई नियन्त्रणमा लिएको छ । लागूऔषध बेचबिखन गरेको भन्ने सूचनाको आधारमा कास्की प्रहरीले डाइजापाम २८ एम्पुल, फेनारागन ३१ एम्पुल, नुर्फिन २९ एम्पुल गरी जम्मा ८८ एम्पुल बरामद गरेको हो । उनलाई पनि कास्की प्रहरीले नियन्त्रमा लिई अनुसन्धान गरिरहेको डिएसपी विकले बताए ।

तपाईको प्रतिक्रिया