पोखराकाे नागढुंगामा महिला मृत फेला

समाधान संवाददाता २०८० मंसिर ६ गते १३:५७

पोखरा ।
पोखराको नागढुंगामा रहेको युनिक होटलमा एक महिला मृत फेला परेकी छन् । तनहुँ भीमादकी ३८ वर्षीय सुकु विक मंगलबार साँझ मृत भेटिएकी हुन्।


‘होटलको कोठामा साहुनीले अचेत देखिएपछि तत्काल उपचारका लागि चरक मेमोरियल अस्पताल लगिएको थियो। चेकजाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।


सुकु २ वर्षदेखि नागढुंगाकै शिला रेष्टुरेन्टमा काम गर्दै आइरहेकी थिइन्।

Advertisement


प्रहरीका अनुसार मृतक सुकुको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।


होटल सञ्चालकसहित ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइ घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया