कानुन व्यवसायी बास्तोला अभिनयमा

समाधान संवाददाता २०८० मंसिर ८ गते ११:४९

पोखरा ।
अधिवक्ता गोविन्द बास्तोलाको लय, शब्द रहेको ७० काटेको बोलको गीत सार्वजनिक भएको छ । झण्डै १ दशकदेखि कानुन व्यवसाय गर्दै आएका अधिवक्ता बाँस्तोलाको आफ्नै अफिसिएल युटुब च्यानल एव वि द जेन्टलमार्फत यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।


सधैँ जसो कालो कोटमा अदालत परिसरमा देखिने बाँस्तोला यस म्युजिक भिडियोमा भने सेतो धोती लगाई नदीतिरमा ध्यान मग्न अवस्थामा रहेको देख्न सकिन्छ । यस गीतको शब्द तथा लय बाँस्तोलाको नै हो भने स्वरमा सुन्जिता देवकोटाले साथ दिएकी छन् ।


कलाकार वर्षु बाँस्तोला बालकृष्ण देवकोटा र बाल कलाकारमा अदिना बाँस्तोला रहेको भिडियोको छायांकन सुवास सुवेदीले गरेका हुन् भने दृष्य सम्पादन रोहन नेपालीको छ । गीतमा ७० वर्ष काटेका विदुर र युवतीको प्रेम सम्बन्ध देखाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया