भारतमा नेपाली नाट्य अनुष्ठानको शाखा

समाधान संवाददाता २०८० मंसिर १८ गते १५:२२

पोखरा ।
नेपाल नाट्य अनुष्ठानको शाखा भारतामा गठन भएको छ । अनुष्ठानका अध्यक्ष प्राडा रामचन्द्र पोखेलको अध्यक्षतामा हालै भएको भेलाले शाखाका रुपमा भारतीय नेपाली नाट्य अनुष्ठान गठन गरेको हो ।


नाटक विधाको विकास गर्ने अभिप्रायले गठित संस्थाको अध्यक्षमा डा. विजय रुचाल (सिलगढी) छन् । उपाध्यक्षमा डा. सुकराज दियाली (सिलगढी), महासचिव जिके शर्मा (सिक्किम), सचिव खेम सापकोटा (सिलगढी) र कोषाध्यक्षमा प्रणिषा रुचाल (सिलगढी) छन् ।


संस्थाका सदस्यमा राजु हिमांशु (खरसाङ) र उर्मिला घिसिङ (दार्जीलिङ) छन् । संस्थाको सल्लाहकारका समितिमा सीके श्रेष्ठ (कालेबुङ), सीपी शर्मा (सिक्किम), पूर्णकुमार शर्मा र मुक्ति उपाध्याय बराल (असम) युवराज काफ्ले र कृष्ण प्रधान (सिलगढी), नन्द हाङखिम र पी अर्जुन, (दार्जीलिङ) लगायत छन् ।

Advertisement


नेपाल नाट्य अनुष्ठानका अध्यक्ष प्राडा पोखेल प्रमुख सल्लाहकार छन् । संस्थाको केन्द्रीय कार्यालय शिलगढीको मध्यमार्गमा छ । नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले अनुष्ठानको शाखा गठन भएको प्राडा बरालले बताए ।
उनी भन्छन्, ‘नेपालीलाई एकता सूत्रमा नेपाली भाषा, साहित्य र संस्कृति बाध्दै आएका छन् । त्यसैले नेपाली वाङ्मयको विकास र नेपाली र नेपालीभाषीलाई सूत्रवद्ध गर्न संस्थाको शाखा खोलेका हौं ।’


यसैबीच, नेपाल नाट्य प्रतिष्ठानको टोलीले दार्जिलिङ भ्रमणसहित सो क्षेत्रका सर्जकहरुसँग भेटघाट र अन्तक्र्रिया गरेको छ । नेपाली टोलीमा अनुष्ठानका अध्यक्ष प्राडा पोख्रेलसहित सदस्य ईश्वर श्रेष्ठ, नाटककार केदारनाथ पौडेल, सीता पोखरेल, डा विजय रुचाल लगायत थिए ।

Advertisement

तपाईको प्रतिक्रिया