धम्पुसमा कला कार्यशाला

समाधान संवाददाता २०८० मंसिर १८ गते १६:२८

पोखरा ।
जलेश्वर आर्ट फाउन्डेशन ओडिसा, भारतको आयोजनमा धम्पुसमा २ दिवसीय कला कार्यशाला भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको सुन्दर गाउँ धम्पुसमा भेला भएका कलाकारले हिमशृङ्खला नियाल्दै प्रकृति र जीवनका अनेक रंग क्यानभासमा कोरेका छन् ।


कार्यशालामा मंगाेलिया, भियतनाम, भारत र नेपालका ४० जना कलाकार सहभागी थिए । चिसो मौसममा कास्कीको धम्पुस गाउँबाट हिमाल हेर्दै विदेशी र नेपाली कलाकारहरुले चित्र बनाएका हुन् । भियतनामी कलाकार चेरीले धम्पुसमा अद्भूत अनुभूति गरेको र त्यसलाई क्यान्भासमा उतार्ने प्रयास गरेको सुनाइन् ।


कार्यशालामा पहिलो दिन कलाकारले पेन्टिङ बनाएका थिए भने दोस्रो दिन न्युरो आर्टबारे उनीहरुलाई प्रशिक्षणमा दिइएको छ । न्युरो आर्ट नेपाल र सिर्जनशील कलाकार समूहको आयोजनामा अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी कलाकारहरुलाई न्युरो आर्टबारेसमेत प्रशिक्षण दिइएको हो ।

Advertisement


कार्यशालामा कलाकारहरुले बनाएका चित्र चाडै अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । न्युरो आर्ट नेपाल अध्यक्ष हरेराम जोजी तथा कार्यक्रम संयोजक प्राडा निर्मल लामिछानेले न्युरो आर्टबारे कलाकारहरुलाई प्रशिक्षण दिए । प्राडा लामिछानेले मनोरम स्थल धम्पुसमा अन्तर्राष्ट्रिय आर्ट क्याम्प हुँदै कलाकारले प्रकृति र जीवनलाई फरक तवरले बुझ्ने मौका पाएको उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया