प्राडा रामचन्द्र पोखरेललाई ‘नाट्यचार्य’ सम्मान

समाधान संवाददाता २०८० मंसिर १९ गते ९:४१

पोखरा ।
नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेललाई ‘नाट्यचार्य’ सम्मान प्राप्त भएको छ । असम (आसाम) नेपाली नाट्य सम्मेलन सन् २०२३ को अवसर पारेर प्रा.डा. पोखरेललाई उक्त सम्मान अर्पण गरिएको हो ।

सम्मेलन यही मंसिर ८, ९, १० र ११ मा भारतको असमस्थित सिमलगुढीमा भएको थियो । उनलाई नेपालमा रहेर नाटक लेखन, मञ्चन, निर्देशन, सम्पादन तथा सांगठनिक क्षेत्रमा आफ्नो मौलिक सृजना, लगनशीलता र परिश्रमद्वारा अमूल्य योगदान पुयाएकाे भएको भन्दै सम्मान गरिएको हो ।

त्यस अवसरमा भारतीय एकेडेमीका सदस्य ज्ञानबहादुर क्षत्री, सम्मेलनका अध्यक्ष चन्द्रमणि उपाध्याय, महासचिव नाट्यभूषण पूर्णकुमार शर्मा लगायतले सम्मान प्रदान गर्दै नाटकको क्षेत्र एवम् अध्ययनलाई थप फराकिलो बनाउनुपर्ने औँल्याए ।

Advertisement

त्यसका साथै प्रा.डा. पोखरेललाई दार्जीलिङ जर्नल पब्लिकेशनले ‘दार्जीलिङ जर्नल सम्मान’, मणि खवास स्मृति प्रतिष्ठान सिलगढीले ‘मणि खवास स्मृति प्रतिष्ठान सम्मान २०२३’ साथै सिलगढी नेपाली साहित्य प्रचार समितिले ‘नेपाली साहित्य प्रचार सम्मान २०२३’ पनि प्रदान गरेका छन् ।

ति संस्थाहरुले नाट्यसाहित्य कलामा निरन्तर योगदान पु¥याई नेपाली साहित्यको समालोचना र नाटकविद्यामा बहुमूल्य योगदान गर्नुभएको भन्दै प्रा.डा. पोखरेललाई सम्मान गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया